प्रदेश

श्रम कार्यालय बुटवल र पोखराबाट प्रदान हुन थाल्यो नयाँ श्रम स्वीकृति, अरु के हुन्छ काम ?




बुटवल, ११ कार्तिक । श्रम तथा रोजगार कार्यालय पोखरा र बुटवलबाट वैदेशिक रोजगारी सम्बन्धित थप सेवा प्रदान हुने भएको छ ।

यसअघि यी कार्यालयबाट पुनः श्रम स्वीकृति मात्रै प्रदान हुँदै आएकोमा अबदेखि नयाँ श्रम स्वीकृति प्रदान गर्नुका साथै व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जान चाहनेहरूको निवेदन लिने र श्रम स्वीकृति प्रदान गर्ने लगायतका काम गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

यसअघि धनगढी, सुर्खेत, पोखरा, जनकपुर र विराटनगरमा रहेका श्रम तथा रोजगार कार्यालयहरूले पुनः श्रम स्वीकृति प्रदान गर्ने काम गर्दै आएका थिए । वैदेशिक रोजगारीसँग सम्बन्धित अन्य सबै काम वैदेशिक रोजगार कार्यालय ताहचल र वैदेशिक रोजगार विभागबाट हुँदै आएको थियो ।

विभागका अनुसार अब भने वैदेशिक रोजगारीमा जाने व्यक्ति र यससँग सम्बन्धित सरोकारवालाको सहजताका लागि श्रम तथा रोजगार कार्यालय पोखरा र बुटवललाई वैदेशिक रोजगारीसँग सम्बन्धी थप काम गर्ने अधिकारसमेत प्रत्यायोजन गरिएको छ ।

विभागका अनुसार अब बुटवल र पोखरमा रहेका श्रम तथा रोजगार कार्यालय वैदेशिक रोजगारीमा कामदार पठाउन निश्चित सङ्ख्यामा माग निर्धारण गरी पूर्व स्वीकृतिका लागि प्राप्त निवेदन लिने र पूर्व स्वीकृति दिने काम हुनेछ ।

यस्तै ऐन अनुसार तोकिएको सङ्ख्या नबढ्ने गरी श्रम स्वीकृतिको स्टिकरको लागि निवेदन लिने र श्रम स्वीकृतिको स्टिकर दिने काम पनि यी कार्यालयले गर्ने छन् भने वैदेशिक रोजगारीको लागि व्यक्तिगत रूपमा विदेश जान चाहनेहरूको निवेदन लिने र व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्नेछन् ।

म्यानपावर कम्पनीले वैदेशिक रोजगार ऐन अनुसार विज्ञापन गरे नगरेको सम्बन्धमा नियमित अनुगमन गरी सत्य तथ्य बुझ्ने र म्यानपावर कम्पनीको शाखा कार्यालयहरूको अनुगमन तथा निरीक्षण गर्ने काम पनि यी दुई कार्यालयबाट हुन्छ ।

प्रकाशित : ११ कार्तिक २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६