प्रदेश

दाङमा बियरको बोतलले हिर्काउँदा दुई जना घाइते



दाङ, ११ कार्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका ३ बारमौजामा बियरको बोतलले हानेर दुई जना घाइते भएका छन् ।

गएराति तुलसीपुर उपमहानगरपालिका ३ बारमौजाका टीकाराम केसी लगायतको समूहले सामान्य विवादमा बियरको बोतलले हान्दा १९ वर्षीय आशिष थापा र २२ वर्षीय झरेन्द्र थापा घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइते दुवै जनाको अहिले राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घटनामा संलग्न व्यक्तिहरु फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित : ११ कार्तिक २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६