प्रदेश

जसपाले बाँकेमा घरदैलो अभियान तीव्र बनाउँदै



बाँके १२ कात्तिक । दीपावली सकिएसँगै जनता समाजवादी पार्टीले बाँके क्षेत्र नं २ मा आफ्नो निर्वाचन अभियान तीव्र बनाउँदैछ । क्षेत्र नं २ मा पर्ने २७ वटै वडामा शनिबार एकैसाथ जसपाले घरदैलो सुरु गर्दैछ ।
घरदैलोका लागि जसपाले २७ वटै वडामा प्रतिनिधि खटाइसकेको छ । ५ दिन फिल्डमा तयारी गरेर प्रतिनिधिहरू आफूले जिम्मेवारी पाएको वडामा खट्न लागेको जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दिन राईले जानकारी दिएका छन् ।
जसपाबाट क्षेत्र नं २ को उम्मेदवार रहेका मोहम्मद इश्तियाक राई नेपालगन्ज वडा नं २१ मा हुने घरदैलो कार्यक्रममा सहभागी हुँदैछन् । प्रदेश सभा क का भण्डारीलाल यादव डुडुवाको वडा नं २ र प्रदेश सभा ९ख० का उम्मेदवार आदेश कुमार अग्रवालले नेपालगन्ज वडा नं ११ को नेतृत्व गर्ने भएका छन् ।
त्यस्तै वडा नं १ मा बुद्धिसागर सुवेदी, वडा नं २ मा अरूण सिंह, वडा नं ९ मा राजन रानामगर, वडा नं १८ मा चिन्छु बर्मा, डुडुवाको वडा नं ४ मा अतहर हुसेन फारुकी लगायतका नेताले घरदैलोको नेतृत्व गर्दैछन् ।
जसपा बाँकेका अध्यक्ष राईका अनुसार सबै वडामा विहान १० बजेदेखि घरदैलो सुरु हुनेछ। यो घरदैलो कार्यक्रमलाई अभियानकैरूपमा लैजाने जसपाको तयारी छ । भोलिदेखि हुने घरदैलो यही १८ गतेसम्म गर्ने जसपाको कार्यतालिका तय भएको छ ।

प्रकाशित : १२ कार्तिक २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६