कालीकोट, १२ कार्तिक । कालीकोटमा विस्फोट वस्तु पड्किँदा दुई जना बालिकाको ज्यान गएको छ । तीन बालबालिका जना घाइते भएका छन् ।
कालीकोटको तिलागुफा नगरपालिका १० रानाबाडामा विस्फोट वस्तु पड्किँदा चार वर्षका दुई बालिका झरना थापा र सरस्वती रानाको ज्यान गएको हो । यस्तै, तीन वर्षीया दर्शना राना, सात वर्षीय कमल थापा र पाँच वर्षीया मुस्कान थापा घाइते भएका हुन् ।
उनीहरु घर नजिकैको कोदोबारीमा खेलिरहेको अवस्थामा विस्फोटक वस्तु पड्किएको प्रहरी नायब उपरीक्षक डीएसपी जयश्वर रिमालले बताउनुभयो।
घाइते बालबालिकाहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।








प्रतिक्रिया