हरि घिमिरे
कपिलवस्तु, १२ कार्तिक । आगामि मंसिर ४ गते हुने निर्वाचनकालागी उम्मेद्वारहरुले मतदाता भेटघाटलाई तिव्र बनाएका छन् । सोहि शिलशिलामा कपिलवस्तु क्षेत्र न. १ का प्रभिनिधी सभा सदस्यका उम्मेद्वार चक्रपाणि खनाल बलदेवे पनि मतदाता भेटमा व्यस्त हुनुन्छ । शनिवार मतदाता भेटमा घरदैलो पुग्नु भएका खनाललाई आम मतदाताले मन्त्री बनेर आउनु भनेर आशीष दिएका छन् । अघिल्लो पटक चुनाव जितेर पाँच बर्षे कार्यकालमा बलदेवले कपिलवस्तु क्षेत्र न.१(ख) मा गरेको कामको प्रशंसा गर्दै त्यहाँका मतदाताले यस्तो आशीष दिएका हुन । मतदाता भन्छन “हामिलाई आस देखाउने धेरै थिए तर खनालले हाम्रा कन्यालाई शिक्षाकालागी कन्या कलेज स्थापना गरिदिनु भो, हाम्रा चेलिले शिक्षा आर्जन पाएका छन् हामि खुसि छौं ।” उनले थपे हाम्रा चेलिहरुलाई यस ठाँउमै उच्च शिक्षा आर्जन गर्नका लागि बलदेवले भुमिका लिनै पर्छ । सोहि क्रममै अर्का मतदाताले थपे बलदेवका कारण स्वच्छ खानेपानि पिउन पाएका छौं, सडक पुर्वाधारका पनि धेरै सुविधा उपभोग गरिरहेका छौं उनले भने । चुनाव प्रचार तथा मतदाता भेटका क्रममा पुगेका उम्मेद्वार खनाल प्रति आम मतदाताको एकै भनाई थियो, यस पटक मन्त्रि भएर आउन अनि हाम्रो क्षेत्रको तिव्र विकास गरुन । यस्तै मतदातालाई विस्वस्त पार्दै बलदेवले भन्नुभयो यस क्षेत्रमा शिक्षा, स्वस्थ्य, कृषि, खानेपानि, पुर्वाधार र आर्थिक बृद्धि लक्षीत कार्यक्रमहरु हुने छन् । बलदेवले आफु मन्त्री हुदाँ नहुदाँ भए नभए पनि समंग्र क्षेत्रको विकासमा आफु लागि परिरहने बताउनु भयो । उहाँले आम मतदातालाई ढुक्क भएर गठबन्धनका उम्मेद्वारलाई मतदान गरेर विजयी गराउन आग्रह गर्नु भयो ।








प्रतिक्रिया