प्रदेश

‘भुमि आयोग कागजी भयो, सुकुम्वासीलाई जग्गा एमालेले दिन्छ’ वृजेश कुमार गुप्ता



कपिलवस्तु, १३ कार्तिक ।
पूर्व मन्त्री तथा नेकपा एमाले प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार वजेश कुमार गुप्ताले भुमिहिन सुकुम्वासीलाई जग्गा दिन एमालेको सरकार आउनु पर्ने बताउनु भएको छ । उहाँले आफ्नो क्षेत्रको मतदाता सँग भेटघाट गर्दै गठवन्धनको सरकारले भुमि सम्वन्धी समस्या समाधान गर्न नसक्ने बताउनु भयो ।
उहाँले केपी ओली नेतृत्वको सरकारको पालामा भुमिहिन सुकुम्वासीलाई लगत लिई जग्गा दिनका लागि काम सुरु भएको बताउनु भयो । गठवन्धनको सरकारले सो आयोग विघटन गरी अर्को आयोग बनाए पछि २ वर्ष सम्म कागजी आयोग बनेको आरोप लाउनु भयो । २ वर्ष सम्म लालपुर्जा वितरण गर्ने स्थितीमा आउनु पर्ने भए पनि हाल सम्म ठोस काम नभएको दाबी गर्नु भयो ।
इन्जिनीयर समेत रहनु भएका गुप्ता जनता सँग आफुले गरेको काम र भावी योजना लिएर घरदैलो पुग्ने गर्दै आउनुभएको छ । उहाँले आफ्नो ५ वर्षे कार्यकालमा सडक, पुल पुलेसा, अस्पताल, कृषि र शिक्षाको क्षेत्रमा धेरै काम भएको बताउनु भएको छ ।
कपिलवस्तु क्षेत्र नम्बर २ (ख) प्रदेश सभा सदस्य पदका उम्मेदवार धर्मवहादुरलाल श्रीवास्तवले बाणगंगा नदी कटान रोक्नको लागि आफु सधै प्रतिवद्ध रहेको बताउनु भयो । केपी ओली प्रधान मन्त्री भएको बेला योजनाको सुरुबात गरी डिपिआर सम्पन्न गरी हाल टेन्डरको प्रकृयामा रहेको बताउनु भयो । आफ्ना क्षेत्रका जनताको सडक, पुलपुलेसा, कृषि रोजगारीको समस्या समाधान गर्न एमाले नेतृत्वको सरकार आउनु पर्नेमा जोड दिनु भएको थियो ।

प्रकाशित : १३ कार्तिक २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६