ब्रेकिंग न्युज

एमालेको एजेण्डा प्रति जनताको आकर्षण बढ्दो : घिमिरे



कपिलवस्तु, १३ कात्तिक।नेकपा (एमाले) क्षेत्र नंं १ (१) निर्वाचन परिचालन कमिटी बैठक महत्वपुर्ण निर्णयका साथ सम्पन्न भएको छ । बैठकका प्रमुख अतिथि पार्टी पोलिटब्युरो सदस्य बिमला घिमिरेले एमालेको एजेण्डा प्रति जनताहरुको आकर्षण बढेकाले देशैभर पार्टी प्रवेशको लहर चलेको बताउनुभयो । घिमिरेले पार्टीको नेतृत्व, निती र कार्यक्रम लोकप्रिय, स्पष्ट भएकाले सबै जनताले एमाले मन पराएको र आगामी निर्वाचन पछि संघिय तथा सबै प्रदेश सरकार एमालेकै नेतृत्वमा बन्ने दावि गर्नुभयो । त्यस्तै घिमिरेले निर्वाचन आयोगले जारी गरेको आचार संहिता पालना गर्दै आ आफ्नो टोल परिचालन हुन सम्पुर्ण नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । साथै पार्टीका उम्मेद्वारलाई जिताउनका लागि युवाहरुलाई अनुशासित र मर्यादित भएर चुनाव केन्द्रित हुन समेत उहाँले अनुरोध गर्नुभयो ।

त्यस्तै पार्टीका जिल्ला उपाध्यक्ष तथा क्षेत्र नंं १ का निर्वाचन परिचालन कमिटीका संयोजक विश्राम प्रसाद थारुले प्रत्येक वडाका संयोजकहरुलाई निर्वाचनलाई ब्यवस्थित गराउनुपर्नेमा जोड दिनुभयो ।नेकपा (एमाले) क्षेत्र नंं १ (१) का निर्वाचन परिचालन कमिटी संयोजक भेषराज पाण्डेको अध्यक्षता तथा सचिव सर्वेन्द्रदेव खनालको सञ्चालनमा भएको कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्यहरु चक्रपाणि अर्याल, गुणानिधि भुसाल, द्रोणराज सुवेदी लगायतले समसामयीक बिषयमा आ आफ्ना धारणा राख्नुभएको थियो ।

प्रकाशित : १३ कार्तिक २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६