प्रदेश

विकासको एजेण्डा लिएर मतदाताको घरआँगनमा घिमिरे



बाणगंगा, १४ कार्तिक ।

आसन्न निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. १ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार डोलकराम घिमिरे यतिबेला चुनावी मैदानमा होमिएका छन् । घिमिरे लामो समयदेखि यस क्षेत्रमा सक्रिय रहदै आएका छन् । जनसंख्याको हिसाबले जिल्लाकै सबैभन्दा ठूलो यस क्षेत्रमा पहिलो पटक निर्वाचनमा होमिएर घिमिरे पहिलो पटक प्रदेश सासंद बन्ने सुरसारमा छन् । बाणगंगा नगरपालिका वडा नं. १ स्थित बैरियामा निवासी उनी प्राय स्थानीयको घरआँगनमा भेटिन्छन् ।

चुनावी गतिविधि गरिरहेका घिमिरेले सोमबार कपिलवस्तु नगरपालिका १० का मतदातालाई भेटेका छन् । उनले चुनावी सभालाई भन्दा बढि व्यक्तिगत भेटघाटलाई महत्व दिँदै आएका छन् । पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका घिमिरेलाई नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले समर्थन गरेकै कारण उनी बलियो उम्मेदवारका रुपमा अगाडि देखिएका छन् । विकासका काम र आगामी दिनमा गर्नुपर्ने कामको बारेमा मतदाताहरुसँग छलफल गर्ने क्रममा घिमिरेले विकास नै आफ्नो सबैभन्दा ठूलो एजेण्डा रहेको बताउने गरेका छन् ।

उनले विकास गर्दा पक्षपात नगर्ने बताएका छन् । ’यस क्षेत्रका विद्यालयको शैक्षिक सुधार कार्यक्रमका साथै यहाँको आधारभूत आवश्यकतालाई पहिले प्राथमिकता दिन्छु,’ उनले भने ।

चुनाव जित्नु ठूलो कुरा नभएको बताउँदै उनले मुलुकप्रतिको इमान्दारिता सबैभन्दा ठूलो कुरा भएकाले राष्ट्रियता र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गर्दै आएका छन् ।

घिमिरेसहितका अन्य उम्मेदवारहरुले पनि भेटघाटलाई तीब्रता दिएका छन् ।
पाँच दलीय गठबन्धनबाट कपिलवस्तु क्षेत्र नं.१ मा चक्रपाणी खनाल बलदेव, प्रदेश सभा (ख) मा सहसराम यादव उम्मेदवार बनेका छन् । चुनावी घरदैलो कार्यक्रममा उम्मेदवारसहित दर्जनौ नेता कार्यकर्ताको सहभागि हुदैं आएका छन् ।

प्रकाशित : १४ कार्तिक २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६