प्रदेश

दुई जिल्ला जोडने मोटरेबल पुल जीर्ण



तम्घास १५ कात्तिक । गुल्मी र स्याङ्जा दुई जिल्ला जोडने मोटरे बल पुल जीर्ण बनेको छ । गण्डकी प्रदेशको स्याङ्जाको मिर्मी र लुम्बिनी प्रदेशको गुल्मी हर्मिचौर जोडने रेप्कामा रहेको मोटरे बल पुल २०५२ सालमा काली गण्डकी जलविद्युत परियोजना ए निर्माणको क्रममा गुल्मीको हर्मिचौर र स्याङ्जाको मिर्मीलाई जोडने गरी काली गण्डकी नदिको रेप्कामा इटालियन सरकारले निर्माण गरिदिएको पुल वर्षौँदेखि जीर्ण बन्दै गएको छ ।
काली गण्डकी नदिले पुलको पिलरहरूमा कटान गर्दै लगेपछि पुल जीर्ण बन्दै गएको हो । बुटवल र , पोखरादेखि गुल्मीको पुर्तिघाट र बागलुङ सम्म जाने सवारी साधनहरूले उक्त पुलको प्रयोग गर्दै आएका छन् । सो पुल मर्मतका लागि सामान्य कामहरू गर्दै आए पनि पुल जीर्ण नै रहेको छ । दिनानुदिन पुल जीर्ण बन्दै गर्दा पनि सरोकारवाला कसैले वास्ता नगरेको सवारी धनीहरू र स्थानीयहरूले गुनासो गर्दै आएका छन् ।
जुन सुकै समयमा पनि पुल भत्किन सक्ने तर कसैले पनि चासो नदेखाएको स्थानीय तिलक रानाले गुनासो गर्नुभयो । बर्षौ देखि जीर्ण रूपमा रहेको पुलको बारेमा हालसम्म पनि कसैको ध्यान पुग्न नसकेको र आवश्यक पर्ने ठाउँमा नहेरी अनावश्यक ठाउँहरूमा र नेताहरूको पहुँचको आधारमा विकास गर्ने र खोला नै नभएका ठाँउहरुमा पुल निर्माण गर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा स्थानीयहरूले जोड दिएका छन् ।
दुई जिल्ला जोडने मोटरेवल पुल जीर्ण बन्दै गएकोमा स्थानीय सरकारको पहल जारी रहेको े काली गण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष बहादुर थापाले बताउनुभयो । दुई वर्ष पहिले देखिनै आफूले सो पुलका लागि पहल गर्दै आएको दाबी गर्दै नयाँ पक्की पुल निर्माणका लागि सडक विभागबाट डिजाइन तयार भई टेन्डरको प्रक्रियामा रहेको उहाँको दाबी छ ।

प्रकाशित : १५ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६