प्रदेश

रुपन्देही–३ मा बालकृष्ण खाणलाई जनमुक्तिको पनि समर्थन



भैरहवा १५ कात्तिक । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही–३ बाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणलाई जनमुक्ति पार्टीले पनि समर्थन गरेको छ ।
भैरहवामा आयोजित एक कार्यक्रममा रुपन्देही–३ को जनमुक्ति पार्टीका उम्मेदवार मोजिब अलीले पार्टी र व्यक्तिगत रुपमा नेपाली काँग्रेस गठबन्धन का उम्मेदवारलाई सर्मथन गरेको घोषणा गर्नु भयो । रुपन्देही–३ मा जनमुक्ति पार्टीको करिब तीन हजार मत छ। गठबन्धनको तर्फबाट रुपन्देही–३ मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाण उम्मेदवार हुनुहुन्छ । रुपन्देहीमा पाँच दलीय गठबन्धन र जनमुक्ति पार्टीबीच प्रतिनिधि सभा र प्रदेशसभामा तालमेल गरेर अघि बढ्ने सहमति भएको नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बताउनु भयो ।
उहाँका अनुसार जनमुक्ति पार्टीले रुपन्देहीको निर्वाचन क्षेत्र १, ३, ४, ५ बाट प्रतिनिधिसभा सदस्य र २ ९क०, २ ९ख० र ३ ९ख० मा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवारलाई तथा गठबन्धनले रुपन्देही–२ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका जनमुक्ति पार्टीका उम्मेदवारलाई सर्मथन गर्ने भएको छ । जनमुक्तिले समर्थनले जिल्लामा गठबन्धनका उम्मेदवारहरू सहजै विजयी हुने सभापति खाणको दाबी छ । अन्य दलका प्रभावशाली नेताहरू आबद्ध पार्टी परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गर्ने क्रम जारी छ ।

प्रकाशित : १५ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६