राजनीति

कपिलवस्तुका ने.वि.संघका विद्यार्थी नेताहरु अनेरास्ववियु प्रवेश



पशुपति गिरी
कपिलवस्तु १५ कार्तिक । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको निर्वाचन परिचालन कमिटी क्षेत्र नं.२ को चुनावी भेला तथा शुभकामना आदनप्रदान कार्यक्रममा ने.वि.संघका विद्यार्थी नेताहरु अनेरास्ववियु प्रवेश गरेका छन्। अनेरास्ववियु जिल्ला सहसचिव तथा निर्वाचन परिचालन कमिटी क्षेत्र नं.२ को सयोंजक हेमराज खनालको अध्यक्षता साथै नेकपा एमाले कपिलवस्तु जिल्ला सहसचिब शुशीला दर्लामीको प्रमुख आतिथ्यतामा चुनावी भेला तथा शुभकामना आदनप्रदान कार्यक्रम गोरुसिंगेमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा ने.वि.संघका विद्यार्थी नेता बिबेक तिवारीको नेतृत्वमा ११ जना अनेरास्ववियु प्रवेश गरेका हुन् ।

कार्यक्रमका विशिष्ट अतिथी तथा अनेरास्ववियु जिल्ला अध्यक्ष अन्जीत खनालले प्रवेश गरेका नवप्रवेशिलाई शुभकामना दिदै अनेरास्ववियु भनेको विद्यार्थीहरु को हक हितका लागी सधैं साथमा रहेने बताउनुभयो । उहाले अनेरास्ववियु नेता उत्पादन गर्ने संगठन भएकाले पार्टीलाई सदैव अनेरास्ववियुको आवश्यक पर्ने बताउनुभयो । अध्यक्ष खनालले पार्टी र पार्टीका उम्मेद्वारलाई आवश्यक परेको खण्डमा सदैव साथ सहयोगका लागि अनेरास्ववियु तयार रहेको बताउदै अनेरास्ववियु जिल्ला कमिटीका हरेक क्रियाकलापहरुको बारेमा पार्र्टीसंग समन्वय गरि रिपोर्टिङ गर्ने र पार्टीका उम्मेद्वारलाई जिताउनका लागि अनेरास्ववियुको विशेष भुमिका रहने बताउनुभयो ।पारस मरासिनीको सञ्चालनमा रहेको उक्त कार्यक्रममा लुम्बीनी प्रदेश सचिवालय सदस्य झबिलाल प्रोखेल,लुम्बीनी प्रदेश सदस्य बाबुराम खनाल,टेकराज पौडेल,नेकपा एमाले बुद्धभुमी नगर कमिटी अध्यक्ष मादुराम न्यौपाने,एमाले नगर कमिटी सचिव धुर्व न्यौपाने, धानु अधिकारी,अनेरास्ववियु जिल्ला कमिटी सदस्य प्रकाश न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

प्रकाशित : १५ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६