प्रदेश

संविधान च्यात्ने प्रपञ्चविरुद्ध सचेत बन्न गृहमन्त्री खाणको आग्रह



लुम्बिनी १६ कात्तिक । गृहमन्त्री बालकृष्ण खाणले संविधान च्यात्ने षड्यन्त्रविरुद्ध सचेत हुनुपर्ने बताउनुभएको छ । सत्ता गठबन्धन रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवारसमेत रहनुभएका मन्त्री खाणले भैरहवामा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । सार्वभौमसत्ता जनतामा निहित हुने व्यवस्था उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
‘‘मुलुकबाट निर्मूल भइसकेको राजतन्त्रलाई बोकेर हिँडेको पार्टीलाई समेटेर एमालेले गठबन्धन गरेको छ ।
उहाँले यो विषयमा सबै सचेत हुनुपर्नेमा जोड दिनुभएको छ । ‘‘यसबाट हामी सबै सचेत हुन र निर्वाचनमार्फत त्यस्तो रणनीतिमा लाग्ने शक्तिलाई परास्त गर्न आम नागरिकलाई मैले आग्रह गर्छु’’, उहाँले भन्नुभयो ।
नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय समस्यासमेत रहनुभएका गृहमन्त्री खाणले सरकार बनाउन नसक्नेले भोलि कुनै पनि योजना पार्न नसक्ने भएकाले मत हाल्नुको अर्थ नभएको बताउनुभयो ।
‘‘निर्वाचनमा होमिएका केही दलको संसदमा उपस्थिति नै नगन्य मात्रामा हुन्छ, ती दलबाट कसरी विकास र समृद्धिको जनताले आशा गर्ने रु कसरी विश्वास गर्ने ’’, उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘‘पाँच दलीय गठबन्धनको त अहिले पनि सरकार छ, निर्वाचनपछि पनि सरकार हुन्छ, यही गठबन्धनले विकास गर्छ, जनचाहनाअनुसार काम गर्छ ।’’

प्रकाशित : १६ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६