बाणगंगा, १६ कार्तिक ।
कपिलवस्तुको बाणगंगामा विभिन्न पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादी मा प्रवेश गरेका छन् । बुधबार बसेको बाणगंगा नगर कमिटीको विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल जसपाका नेता जेदप्रसाद खनाल, चोपलाल खनाल एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
यस्तै बाणगंगा ८ का नविन पाण्डेसहित आधा दर्जन कार्यकर्ता समाजवादीमा प्रवेश गरेको पार्टीका बाणगंगा नगर कमिटी अध्यक्ष दिपक पन्थीले जानकारी दिए । यस्तै वडा नं. ४ मा सागर आचार्यको नेतृत्वमा केही कार्यकर्ता समाजवादी प्रवेश गरेको अध्यक्ष पन्थीले बताए ।
पार्टी प्रवेश गराउदै एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर खत्रीले कम्युनिष्ट पार्टीको पुनर्गठनमा जोडिएका सबै नेताहरुलाई उचित जिम्मेवारी दिइने बताए । पार्टी प्रवेशले विचारसहितको कम्युनिष्ट पार्टी निर्माणमा थप उत्साह थपेको पार्टीका जिल्ला सचिव कमल भट्टराईले बताए ।








प्रतिक्रिया