प्रदेश

निर्वाचन आयोग भन्छः चुनाव बिथोल्ने गतिविधि हुन दिइँदैन




काठमाण्डौ, १६ कार्तिक ।
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव बिथोल्ने खालको कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षाको आवश्यक व्यवस्था मिलाउने बताएको छ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेताहरूले चुनाव बिथोल्ने अभिव्यक्ति दिइरहेका बेला आयोगले त्यसो हुन नदिन सचेत रहेको जनाएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज बुधवार सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा चुनाव बिथोल्ने खालको गतिविधि हुन नदिने गरी सुरक्षा योजना बनाउने बताउनुभयो । उहाँले विप्लव नेतृत्वको नेकपाको नाम नलिइ कुनै राजनीतिक समूहले भनेको कुरालाई आयोगले गम्भीरतापूर्वक लिएको र त्यहीअनुसारको सुरक्षा योजना बनाउने विषयमा छलफल सुरु गरिएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कुनै राजनीतिक समूहले चुनाव बिथोल्ने भनेको कुरालाई हामीले गम्भीररूपमा लिएर छलफल गरेका छौँ । चुनाव बिथोल्न सक्ने गरी कुनै पनि गतिविधि हुन दिइँदैन । यसमा हामी सचेत छौँ ।’

निर्वाचन आयोगले निर्वाचन सामग्री ढुवानीमा कुनै पनि खालको गुनासो आउन नदिने गरी काम गर्ने प्रतिबद्धतासमेत जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सामग्रीको ढुवानीमा कुनै समस्या देखिए त्यसलाई सच्याएर आयोग अघि बढ्ने बताउनुभयो ।

प्रकाशित : १६ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६