प्रदेश

लागूऔषधसहित रुपन्देहीमा चार जना पक्राउ



बुटवल १६ कार्तिक । अवैध लागूऔषधसहित रुपन्देही प्रहरीले चार जनालाई पक्राउ गरेको छ । रुपन्देहीका छुट्टाछुट्टै स्थानबाट पक्राउ पर्नेमा एक भारतीयसहित तीन नेपाली रहेका छन् ।
रुपन्देही प्रहरीका प्रहरी नायव उपरीक्षक श्यामू अर्यालले मायादेवी गाउँपालिका ७ भन्सारचोकबाट भारतीय सीमाबाट नेपाल फर्कंदै गरेका यूपी ५५ एन ६३४६ नम्बरको मोटरसाइकल चालक रुपन्देही सम्मरीमाई ७ का २१ वर्षीय तुल्सी लोध, पछाडि सवार सोही स्थान र उमेरका शनिकुमार मिश्र र भारतको सिद्धार्थनगरका १९ वर्षीय पवनकुमार हरिजन बुधबार पक्राउ गरिएको बताए ।
उनीहरूको साथबाट डाइजापाम ९१ एमपुल, फेनरागन ७६ एमपुल, टालजेसिक २२ एमपुल गरी १ सय ८९ एमपुल लागूऔषध बरामद भएको छ । यस्तै, लुम्बिनी सांस्कृतिक नगरपालिका ६ तेनुहवाबाट लु ७३ प ८८९२ नम्बरको मोटरसाइकल चालक कपिलवस्तुको मायादेवी गाउँपालिका ३ का ३१ वर्षीय अल्ताप हुसेन मुसलमान पक्राउ परेका छन् । उनीहरूबाट खैरो हिरोइन ५३।२५ ग्राम बरामद भएको उनको भनाइ छ ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६