प्रदेश

सत्ता गठबन्धनका कारण महङ्गी र भ्रष्टाचार बढेको एमाले नेता विश्वकर्माको आरोप



देवदह १७ कार्तिक । रुपन्देहीको क्षेत्र नम्वर १, का प्रतिनिधि सभा सदस्यका उम्मेदवार छविलाल विश्वकर्माले सत्ता गठबन्धनका कारण देशमा महंगी र भ्रष्टाचार बढेको बताए । उनले सत्तागठबन्धनका नेताहरु निजी स्वार्थमा लाग्दा राष्ट्रियता कमजोर बन्दै गएको आरोप लगाए देवदह–२, मा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादीको संयुक्त प्रचार–प्रसार कार्यालयको उद्घाटन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्।
नेकपा एमालेका केन्द्रिय सचिव समेत रहेका नेता विश्वकर्माले राष्ट्रको अहितमा काम गरेका सत्तागबन्धनलाई पराष्ट गर्ने बेला आएकोले कार्यकर्ताहरु सचेत भएर लाग्नु पर्नेमा जोड दिए । रुपन्देहीको क्षेत्र नम्वर १, का विभिन्न स्थानलाई जोड्ने गरी सडक सञ्जालका योजनाहरु अगाडि बढेको उनले दावी गरे । नेता विश्वकर्माले नेकपा एमालेको सरकारले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै एक पालिका एक अस्पतालको अवधारणा अगाडि सारेको बताए ।
उनले सरकार परिवर्तनका कारण नेकपा एमालेले अगाडि सारेको जेष्ठ नागरिकको भत्ता ५ हजार पु¥याउन नसकिएको बताए। उनले आफूले क्षेत्र नम्वर १, को विकासको लागि विभिन्न योजनाहरु अगाडि सारेपनि सत्तागठबन्धनले बजेट होल्ड गर्दा विकास निर्माणका कामहरु अगाडि बढ्न नसकेको बताए । उनले रोहिणी नदीलाई व्यवस्थित गर्नको लागि राष्ट्रिय योजनाको रुपमा अगाडि सार्नेमा जोड दिए। उनले नागरिकले दिएको सल्लाह, सुझावलाई आत्मसाथ गर्दै आगामी दिन कार्यान्वयन गर्ने बताए ।
सोही अवसरमा बोल्दै नेकपा एमालेका केन्द्रिय अनुसासन आयोगका सदस्य तथा संयुक्त निर्वाचन परिचालन कमिटीका संयोजक डा। कृष्णप्रसाद न्यौपानेले स्वतन्त्र उम्मेदवार घनश्याम भूषालमा राजनीतिक संस्कार नभएको आरोप लगाए। उनले पार्टीको जिम्मेवारीलाई छोडेर स्वतन्त्र रुपमा निर्वाचन लड्नेहरुलाई जनताले सवक सिकाउने बताए । उनले क्षेत्र नम्वर ३, का जनताले तिरस्कार गरेपछि घनश्याम भूषाल १, बाट स्वतन्त्र रुपमा उम्मेदवार बनेको बताए ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६