प्रदेश

लुम्बिनीमा बिजुली बसको सफल यान्त्रिक परीक्षण



भैरहवा १७ कात्तिक । लुम्बिनी विकास कोषद्वारा दशैंको अवसर पारेर सञ्चालित ‘धम्मयात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ । एसियाली विकास बैङ्कले लुम्बिनीलाई प्रदूषणमुक्त बनाउने उद्देश्यसाथ पाँच वटा बस र १४ वटा भ्यान कोषलाई प्रदान गरेको छ ।
दशैं तिहार र छठ पर्वसम्म सञ्चालन गरिएको यान्त्रिक परीक्षण सफल भएको लुम्बिनी विकास कोषका बोर्ड सदस्य तथा परीक्षण इकाई समितिका संयोजक विश्व पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार असोज १३ देखि कात्तिक १३ गतेसम्म बौद्ध परिपथका क्षेत्रबाट २० हजार २३६ जना यात्रुले निःशुल्क धम्मयात्रा नामक बिजुली बसको सेवा लिनुभयो ।
असोज १३ देखि कात्तिक १३ गतेसम्म बौद्ध परिपथका क्षेत्रबाट २० हजार २३६ जना यात्रुले निःशुल्क धम्मयात्रा नामक बिजुली बसको सेवा लिनुभयो ।
६ वटा रुटमा पाँच वटा बसमार्फत ५२७ ट्रिप बस सञ्चालन हुँदा १६ हजार ३८४ किलोमिटर दूरी यात्रा गरेको कोषले जनाएको छ । यान्त्रिक परीक्षण इकाई समितिका अनुसार सबैभन्दा बढी लुम्बिनी बेलहिया रुटमा १६० ट्रिप बस चल्दा पाँच हजार ७८३ जना यात्रुले निःशुल्क बिजुली बसको सेवा लिनुभयो ।
लुम्बिनी तिलौराकोट रुटमा १३१ ट्रिप बस चल्दा पाँच हजार ७२, लुम्बिनी रामग्राम रुटमा ४८ ट्रिप बस चल्दा दुई हजार २७०, लुम्बिनी बुटवलमा ४६ ट्रिप बस चल्दा एक हजार तीन सय ४६ जनाले सेवा लिएको संयोजक पौडेलले बताउनुभयो ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६