प्रदेश

विद्यार्थीले बेचे ४ लाख रुपैयाँको फूल




दाङ, १७ कार्तिक ।
तिहारमा ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत दाङको तुलसीपुर मेट्रो कलेजका विद्यार्थीले चार लाख रुपैयाँ बराबरको फूल बिक्री गरेका छन् ।

तिहारलाई लक्षित गरेर वन विज्ञान र कृषि विज्ञानमा अध्ययनरत विद्यार्थीले संयुक्तरूपमा फूल खेती गरेका थिए । विद्यालयको पाँच कट्ठा जग्गामा गरिएको खेतीबाट विद्यार्थीले चार लाख रुपैयाँ आम्दानी गरेका कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिनुभयो ।

कलेज प्रमुख आचार्यले फूलबाट आशा गरेअनुसार आम्दानी भएको बताउँदै थप दुई लाख रुपैयाँको फूल बिक्रीका लागि तयारी भएको बताउनुभयो ।

‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत मखमली र सयपत्री फूलको खेती गरेका विद्यार्थीले किलोको छ सय र प्रतिमाला दुई सय ५० रुपैयाँसम्ममा बिक्री गरेका थिए ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६