देउखुरी १८ कात्तिक । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा दलहरूले समानुपातिकतर्फको मत संरक्षण गर्न आन्तरिक रणनीतिमा लागेका छन् । विशेष गरी गठबन्धन बनाएर निर्वाचनमा होमिएका दलहरूले प्रत्यक्षतर्फको मत गठबन्धनकै साझा उम्मेदवारसँगै समानुपातिकतर्फको मत भने आ–आफ्नो दललाई माग्ने गरेका छन् । नेकपा ९एमाले०, राप्रपा र जनता समाजवादी पार्टीलगायत दलको तर्फबाट साझा उम्मेदवार छैनन् ।
नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र राष्ट्रिय जनमोर्चाको गठबन्धनमा आबद्ध दलहरूले आफ्नो पार्टीको समानुपातिक मतलाई संरक्षण गर्न लागिपरेका छन् । कांग्रेस दाङका सभापति शङ्करप्रसाद डाँगीले आफूहरूले केन्द्रको निर्देशनअनुसार प्रत्यक्ष मत गठबन्धन र समानुपातिक मत कांग्रेसका लागि माग्न कार्यकर्तालाई प्रशिक्षण दिएको बताउनुभयो । नेकपा ९एमाले०ले भने समानुपातिक र प्रत्यक्ष मत माग्न समस्या नै नभएको बताएको छ ।
नेकपा ९एमाले० दाङका सचिव मनोहर बुढाथोकीले जहाँ पनि एमालेलाई चारवटै मत दिनुस् भन्दै माग्दै हिँडेको बताउनुभयो । माओवादी केन्द्र दाङका इन्चार्ज निर्मल आचार्यले आफ्नो पार्टीले समानुपातिक मत संरक्षण गर्ने काममा कटिबद्ध रहेको बताउनुभयो ।
१८ कार्तिक २०७९, शुक्रबार
प्रतिक्रिया