प्रदेश

गौतमबुद्ध विमानस्थलबाट हिमालयको चार्टर्ड उडान सुरु



भैरहवा १८ कात्तिक । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले बिहीबारदेखि चार्टर्ड उडान सुरु गरेको छ । सरकारले आफ्नो स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमको मुख्य विजनेशमा अंकुश लगाउँदै हिमालयन एअरलाइन्सलाई ग्राउन्ड हेन्डलिङको अनुमति दिएसँगै हिमालयले चार्टर्ड उडान सुरु गरेको हो ।
जहाजले बिहीबारै भैरहवाबाट १३८ जना यात्रु लिएर मलेसिया गएको छ । उडान समयतालिका १:५० बजे रहे पनि पहिलो दिन भएकाले केही ढिलो भएको कम्पनीले जनाएको छ । प्राधिकरणबाट ग्राउन्ड हेन्डलिङको अनुमति पाएको दुई वर्षपछि मात्रै हिमालयन एअरलाइन्सले यो सेवा सुरु गरेको हो ।
कम्पनीले बिहीबारबाट मलेसियातर्फ उडान सुरु गरेको हिमालयन एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अब काठमाडौं–मलेसिया, भैरहवा– मलेसिया उडान सुरु भएको छ ।
कम्पनीले भैरहवाबाट उडान गर्ने वायुसेवा कम्पनीलाई अन्तर्राष्ट्रिय दरभाउ मै हवाइ इन्धन उपलव्ध गराइदिन प्राधिकरणसमक्ष आग्रह गरेको छ । श्रेष्ठका अनुसार कम्पनीले एअरबस ३२० को जहाजमार्फत उडान भरेको थियो । हिमालयन एअरलाइन्सयले हप्तामा सातै दिन उडान भर्ने योजना बनाइरहेको जनाएको छ ।
विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालका अनुसार बिहीबार दिउँसो १२ बजे हिमालयन एअरलाइन्सको चार्टर्ड उडान भैरहवामा अवतरण भएको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार कुवेत एयरको उडान योजना पेस भएको छ । हिमालयनको चार्टर्ड उडान तथा काठमाडौंको युरेसिया एक्सपोर्ट एण्ड कार्गो कम्पनीले यहाँबाट नेपाली उत्पादन विदेश निकासी सुरु गर्ने भएको छ ।

प्रकाशित : १८ कार्तिक २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६