प्रदेश

राष्ट्रियताको संरक्षणका लागि पाँच दलीय गठबन्धन : गृहमन्त्री खाण



लुम्बिनी १८ कत्तिक । गृहमन्त्री बालकृष्ण खाणले देशलाई अग्रगमन लैजान र राष्ट्रियताको संरक्षणका लागि पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ । नेपाली कांग्रेसका नेता समेत रहनुभएका खाणले बिहीबार भैरहवामा आयोजित तरुण प्रशिक्षण कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
देशको यथोचित विकास र समृद्धिका लागि सबै राजनीतिक दलको साझा प्रयासको खाँचो रहेको उहाँले बताउनुभयो । “पञ्चायतविरुद्ध २०४६ मा र २०६२–६३ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउँदा पनि कांग्रेस र बाम मोर्चा मिल्दा सफल भएको हो” गृहमन्त्री खाणले भन्नुभयो ।
लोकतान्त्रिक गणतन्त्रबाट नै जनता मालिक बनेको चर्चा गर्दै उहाँले गणतन्त्रको माध्यमबाट नेपाली नागरिकको अवस्था बदल्न र रोजगारी सिर्जना गरी नेपाली जनतालाई खुसीयालीमा बदल्न पनि पाँच दलीय गठबन्धन आवश्यक रहेको दाबी गर्नुभयो ।
‘व्यवस्था बचाएर नागरिकको अवस्था बदल्न तथा पाँच बर्षभित्र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न पाँच दलीय गठबन्धनले मात्र सक्छ,’ उहाँले भन्नुभयो । युवाहरूमाथि मुलुकले ठूलो भरोसा राखेको बताउँदै युवाहरू ऊर्जाशील भएर उत्पादनमा जोडीनुुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित : १८ कार्तिक २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६