प्रदेश

कपिलवस्तुमा १० जना पक्राउ, जसले निर्वाचन बहिस्कारको नारा लगाए



कपिलवस्तु, १८ कार्तिक। कपिलवस्तुबाट प्रहरीले निर्वाचन बहिस्कार भन्दै माइकिङ गर्दै हिडेका १० जनालाई नियन्त्रणमा लिएको छ । कपिलवस्तुको बाणगंगा स्थित गजेहडाबाट बिहिबार मंसिर ४ को निर्वाचन बहिस्कार गरौँ भन्दै नेपालको झण्डासहित गाडिमा व्यानर समेत बनाएर माइकिङ गर्दै हिडका विभिन्न दलका कार्यक्रताहरुलाई नियन्त्रणमा लिएर बिहिबार नै साँझ छोडिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिपकबाबु के.सी.ले बताउनु्भयो ।

गजेहडामा गाडीमा व्यानर राखेर निर्वाचन अवज्ञारबहिँस्कार गरौँ भन्दै हिडिरहेको अवस्थामा नेकपा क्रान्तिकारी (माओवादी),नेकपा (बहुमत) र नेकपा (मसाल) का दश जना कार्यक्रताहरुलाई नियन्त्रणमा लिइएको र सम्झाइबुझाइ गरी छोडिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक मिनबहादुर घललेले बताउनुभयो ।

केही दिन अघि नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन बिरोधी गतिविधिको घोषणा गरेलगत्तै कपिलवस्तुमा निर्वाचन बिथोल्ने गतिविधि सक्रिय बनेको देखिएको हो । कपिलवस्तु नेत्रविक्रम चन्द विप्लवको गृह जिल्ला हो भने यहि सो पार्टीले आफ्नो केन्द्रिय कार्यालय समेत स्थापना गरि आफ्ना राजनितिक गतिविधि सक्रिय बनाएको छ ।

प्रकाशित : १८ कार्तिक २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६