प्रदेश

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडान सुरु




भैरहवा, १८ कार्तिक । हिमालय एअरलाइन्सले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान सुरु गरेको छ। हिमालयको जहाजले हिजो भैरहवाबाट १ सय ३८ जना यात्रु लिएर मलेसिया उडान गरेको एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो।

श्रेष्ठका अनुसार कम्पनीले एअरबस–३२० को जहाजमार्फत उडान भरेको हो । हिमालय एअरलाइन्सले हप्तामा सातै दिन उडान भर्ने योजना बनाएको पनि उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सलाई भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न निर्देशन दिएको थियो । यसैबीच क्यानका अनुसार कुवेतको राष्ट्रिय ध्वजावाहक कुवेत एअरले अबको एक महिनापछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना समेत पेस गरेको छ।

प्रकाशित : १८ कार्तिक २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६