कपिलवस्तु, २१ कार्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा कपिलवस्तु क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार धुव्र रायमाझीले न्यायलय जस्तो देशको संवेदनशिल क्षेत्रलाई पनि केही दलहरुले आफ्नो भतृ संगठन जस्तै बनाएको टिप्पणी गर्नुभएको छ । आईतवार जिल्लाको चारनम्बर आसपासका क्षेत्रमा गरिएको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम पछि चारनम्बर चोकमा गरिएको कोणसभालाई सम्बोधन गर्दै उहाँले केही प्रमुख राजनैतिक दलहरुका कारण नै देशमा न्याय पाउने स्थिती हराएको बताउनु भएको हो । यसकारण जनताले भोट बदल्न जरुरी देखिएको उहाँको भनाई छ ।
देशमा विभिन्न ठुला ठुला अपराध, भ्रष्टचार, बलत्कार लगायत विभिन्न घटना मैलाइरहेको देख्दादेख्दै पनि रजनैतिक दलका प्रतिनिधिका कारण देशमा पिडितले न्याय नपाउने स्थिती आएको उहाँले बताउनु भएको छ । त्यस्तै उहाँले मुलुकलाई र जनतलाई साच्चै समृद्ध र सन्तुष्टि बनाउने हो भने यस पटकको निर्वाचनमा देशभर बाट राप्रपालाई नै जिताउन आवश्यक रहेको बताउनु भएको थियो । जनचाहाना विपरित एमसिसि, एसपिपि लगायत विभिन्न राष्ट्रघाति सम्झौता गरेका दलहरुले बाहिर बाहिर एकअर्काका कुरा काटे पनि भित्रभित्र देशलाई कङ्गाल बनाउन जाल रचिरहेको उहाँले बताउनु भएको छ । पटक पटक तिनै पुरानै अनुहारलाई जिताउँदा पनि कपिलवस्तु सहित देशभरनै जनता र राष्ट्रको लागि खास कुनै उपलब्धी नभएको भन्दै अहिलेको निर्वाचनमा राप्रपाका उम्मेद्वारहरुलाई नै जिताउन आवश्यक रहेको उहाँले बताउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा क्षेत्रनम्बर १ क का उम्मेद्वार भोजराज आचार्यले ठुला भनिने दलका नेताले देश बेच्न खोजिरहेको आरोप लागाउनु भएको छ । एमसिसिको नाममा नेपाली जनतालई अमेरिकि सेनाको गोली ख्वाउन ति दलका नेताहरु लागीपरेको उहाले बताउनु भएको छ । नेपाली धर्म सस्कृतीलाई मासेर नेपाली जनता सुखी र खुसी नहुने भएकाले राजा सहितको हिन्दु राष्ट्र, सङ्घियता खारेजी, भ्रष्टचारको अन्त्य लगायतका राष्ट्रवादी एजेण्डा राप्रपाले बोकेकोले अहिलेको निर्वाचनमा आफु सहित सम्पुर्ण राप्रपाका उम्मेद्वारहरुलाई जिताउन उहाँले आग्रह गर्नुभएको थियो । त्यस्तै आईतवार चारनम्बर क्षेत्रमा घरदैलो तथा मतदाता भेटघाट पनि गरिएको छ । घरदैलो कार्यक्रममा मतदाता उत्साहित देखीन्थे ।








प्रतिक्रिया