प्रदेश

गठबन्धन र एमालेको दबदबाका बीच लौरो बोकेर मत माग्न घरदैलोमा व्यस्त शर्मा




कपिलवस्तु, २१ कार्तिक । कपिलवस्तु प्रतिनिधि सभा १ मा उदाउदो युवा देवेन्द्र कुमार शर्मा उम्मेदवार छन् । हाम्रो नेपाली पार्टीको चुनाव चिह्न लौरो लिएर आसन्न मंसिर ४ को निर्वाचनमा उनी मत माग्न घरदैलोमा व्यस्त छन् ।

ब्याचलर इन सिभिल इन्जिनियर पढ्दै गरेका शर्मा विद्यार्थी नेता हुन् । काठमाडौंमा पढाई गर्दा गर्दै उनी विद्यार्थी राजनीतिमा आवद्ध भए । समाज रुपान्तरणमा राजनीति बाहेक अर्को विकल्प नदेखेका शर्मा सिंगो प्रतिनिधिसभामा उम्मेदवार बनेका हुन् ।

एका तिर सत्तारुढ गठबन्धन, अर्का तिर नेकपा एमालेको दबदबाका बीच उनको उम्मेदवारीलाई एक साहसिलो कदमका रुपमा हेरिएको छ ।

कार्यकर्ताको बलियो उपस्थिति रहेका ठूलो दलले शर्माको उम्मेदवारीलाई आफ्नो प्रतिस्पर्धीका रुपमा हेरेका छैनन् । तरपनि शर्माले युवा र बृद्धबृद्धाको साथ पाएका छन् ।

घरदैलोका क्रममा उनी प्रति मतदाताले देखाएको साहनुभूति लोभलाग्दो छ । यद्यपि मत कति पाउँछन् त्यो हेर्न भने मंसिर ४ कुर्नुपर्छ ।

जगदीशपुर तालको सेरोफेरोमा बस्ने शर्मा जिल्लाको विकास नभएको कारण आफू उम्मेदवार बन्नु परेको तर्क गर्छन् । थुप्रै सम्भावना रहदा रहदै कपिलवस्तु विकासमा पछाडी परेको कारण आफूले योजनावद्ध विकासको खाका कोरेर चुनावी अभियानमा होमिएको उनी बताउँछन् ।

पटक पटक विभिन्न दलका नेतालाई यहाँका जनताले सांसद बनाए पनि सोचेजस्तो विकास हुन नसकेको उनको आरोप छ ।

पर्यटनको प्रवल सम्भावना रहेको जिल्ला सिंचाई, शिक्षा, स्वास्थ्य जस्ता जनताको प्रत्यक्ष सरोकार रहने क्षेत्रमा समेत विकास हुन नसकेको उनको निचोड छ । ठूला दलका नेताबाट यी क्षेत्रको विकास हुन सक्ने आफूले नदेखे पछि संघमा उम्मेदवारी दिन बाध्य भएको उनले बताए ।

स्वतन्त्र रुपमा नै आफू उम्मेदवार बनेको उनको दाबी छ । प्राविधिक रुपमा लौरो चुनाव चिह्न कुनै पार्टीको भए पनि आफ्नो उम्मेदवारी स्वतन्त्र नै भएको उनले जनाए ।

शर्माका आफ्ना नेता तथा कार्यकर्ता नभए पनि उनलाई स्वतन्त्र मतदाताले सघाएका छन् । उनी प्रत्येकको घरदैलोमा पुगेर मत मागिरहेका छन् । एक्लै लौरो बोकेर मतदाताका घरघरमा पुगेका शर्माले आफ्नो प्रतिवद्धता पत्र बाडिरहेका छन् ।

प्रकाशित : २१ कार्तिक २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६