प्रदेश

रुपन्देहीमा एक दम्पती मृत भेटिए



काठमाण्डौ, २१ कार्तिक । रुपन्देहीमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् । देवदह नगरपालिका वडा नम्बर ५ पाल्पाली टोलका ३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उहाँकी श्रीमती ३२ वर्षीया हेमकला मृत भेटिनु भएको हो । उहाँहरु आफ्नै घरमा बिहान मृत भेटिनुभएका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बालेन्द्र वैदेशिक रोजगारीबाट चार दिनअघि मात्रै घर फर्किनु भएको थियो । छिमेकीहरूले घरमा झैँझगडा तथा होहल्ला गरेको केही थाहा नभएको बताएका छन् । बालेन्द्र र हेमकलाका ८ वर्षीय छोरा छन् । प्रहरीका अनुसार छोरा हिजो आफन्तकोमा सुत्न गएका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : २१ कार्तिक २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६