हरि घिमिरे
कपिलवस्तु, २१ कार्तिक ।
कपिलवस्तुको बाणगंगामा मतदाता शिक्ष सुरु भएको छ । बाणगंगा नगरपालिका लगाएत अन्य पालिकाले पनि मतदाता शिक्षालाई तिव्रता दिएका छन् । देशभरका महिला स्वयंम सेविकाहरुलाई परिचालित गरेर घरघरमा मतदाता शिक्षादिन थालिएको हो । यता बाणगंगा नगरपालिकामा पनि जोड तोडका साथ तिव्रगतिमा अगाडि बढाईएको छ । यो समय खेतिपतीको रहेकाले मतदाता शिक्षामा खटिएका वाणगंगाका स्वास्थ्य स्वयमसेविकाहरुले खेतमै पुगेर मतदाता शिक्षलाई प्रभावकारी गराएका छन् । बाणगंगा नगरपालिका बाट मतदाता शिक्षा के कस्तो छ भनेर आईतवार अनुगमनमा खटिएको टोलिले खेतवबरीमै अनुगमन गर्न पुग्नु परेको थियो ।

अनुगमनमा पुग्नु भएका बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले स्वास्थ्य स्वंयमसेविकाहरुले मतदाता शिक्षा प्रभावकारी रुपमा प्रदान गरेको बताउनु भयो । उहाँले बाणगंगा नगरपालिकाका मतदाताको मत खेर जनाओस भन्नका लागि हामिले स्वास्थ्य स्वयमसेविकाहरुले गरेको शिक्षा के कसरि भएको छ भनेर हेरेका छौं । यसले बाणगंगाका मतदाताको मत खेर जाने छैन उहाँले भन्नुभयो । मतदाता शिक्षमा कतिवट मतपत्र हुन्छन्, कस्तो रङ्गको मतपत्र हुन्छ, मतपत्र कस्तो बाकसमा खसाउने, कसरि पट्याउने ईत्यादी शिकाईएको थियो । अनुगमनमा बाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जि.सी. स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, महिला तथा बालबालिका शाखा प्रमुख शुसिला पन्त तथा पत्रकारको उपस्थितीमा अनुगमन गरिएको थियो । अुनगमन बाणगंगा नगरपालिका वडा न. १ उत्तमनगर, वडा २ को चाईन्टे चौतारी र वडा नम्बर ४ को शान्तीटोलमा भएको हो ।









प्रतिक्रिया