ब्रेकिंग न्युज

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदभार ग्रहण लुम्बिनीमा सम्पन्न



रुपन्देही कार्तिक २०
केही समय अगाडी सम्पन्न नेपाल स्वयंसेवक संघको केन्द्रीय प्रथम साधारणसभा तथा अधिवेशन बाट निर्वाचित केन्द्रीय पदाधिकारीहरुको पदभार तथा सपथ ग्रहण समारोह लुम्बिनी विकास कोषको सभाहल लुम्बिनी रुपन्देहीमा सम्पन्न गरिएको छ ।संस्थामा खेमराज पौडेलको अध्यक्षतामा ९ सदस्यीय नव निर्वाचत समिती चयन गरिएको थियो । जसको बरिष्ठ उपाध्यक्षमा रवीन्द्र पौडेल , उपाध्यक्षमा सन्तोष अधिकारी , महिला उपाध्यक्षमा सिन्धु जलसा बुढाथोकी , महासचिवमा कोमल खरेल, सचिवमा पार्वती आचार्य , कोषाध्यक्षमा संदीप गुप्ता निर्विरोध चयन हुनु भएको थियो ।
यस्तै सदस्यमा बिजया खत्री र गोम बिक्रम सदस्यमा चयन हुनु भएको थियो भने लेखा समितीमा ३ सदस्यीय चयन गरिएको थियो । जसमा गोपाल खनाल संयोजक, शारदा भुषाल र सुबास बेलबासेलाई सदस्यमा चयन गरिएको थियो ।
नव निर्वाचित पदाधिकारीहरुलाई गैसस महासंघका पुर्व केन्द्रीय सदस्य , ईन्चार्ज , मानव अधिकारकर्मी तथा निर्वाचन समितका संयोजक पोमनारायण पौडेलले गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । पौडेलले नव निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई कार्यकालको हार्दिक बधाई तथा शुभकामना समेत दिनु भएको थियो ।
यस्तै स्वयंसेवक संघका नव निर्वाचित केन्द्रीय अध्यक्ष खेमराज पौडेलले यस संस्थालाई अगाडी बढाउन सदैब लागि पर्ने बताउनु भयो । साथै उहाँले यस संस्थालाई उच्च स्थानमा राख्न संस्थाका पदाधिकारीहरुको एक रुपता हुन आवश्यक भएको बताउँदै मानव अधिकारकर्मी तथा नागरिक सामाज लगाएत बिभिन्न संघ संस्थाहरुसंग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाउनु भयो ।
नव निर्वाचित महासचिव कोमल खरेलले सामाजिक संस्थाहरुको भूमिका महत्वपुर्ण हुने भएको हुँदा लक्ष्य र उद्देश्य पुरा गर्न आफ्नो अहम भूमिका रहने बताउनु भयो । उहाँले समाजिक बिकासका एजेण्डाहरुबाट नै समाजिक बिकासको रुपान्तरण सम्भव भएको हुँदा यस संस्थालाई अगाडी बढाउन आवश्यक भएको बताउनु भयो ।
यस्तै समाजसेवी केशव खनालले नव निर्वाचित पदाधिकारीहरुलाई कार्यकालको शुभकामना दिंदै संस्थाकोलागि आवश्यक सहयोगकालागि सधैव तयार रहेको प्रतिवद्धता जनाउनु भयो । साथै यस संस्थाले समाज परिवर्तन गर्नकालागि लाग्न जरुरी देखिएको बताउनु भयो ।
यसैगरी समाजसेवी हेम बहादुर खड्का र खुश्बु चौधरीले संस्थाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिंदै समाज परिवर्तन गर्न युवा , युवतीहरुलाई शसक्तिकरणका लागि यस संस्थाले अगुवाई गर्नुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रम संस्थाका नव निर्वाचित सचिव पार्वती आचार्यको सहजीकरणमा सम्पन्न भएको थियो ।

प्रकाशित : २१ कार्तिक २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६