प्रदेश

भत्ता खाने सासंदमात्र हैन, मन्त्री बनेर विकासको मोडल ल्याउछुः उम्मेद्वार घिमिरे




बाणगंगा, २१ कार्तिक ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नः १ ‘क’ का उम्मेदवार डोलकराम घिमिरेले संसदमा तल बसेर हस्ताक्षर गर्न मात्र नभई मन्त्री बन्ने उम्मेदवार भएको बताएका छन् ।

सत्ता गठबन्धनले घरदैलो पश्चात चार नम्बर जितपुरमा राखेको कोणसभालाई सम्बोधन गर्दै घिमिरेले आफू मन्त्री समेत बन्ने बताएका हुन् । घिमिरेले संसदमा गएर तल बसेर हस्ताक्षर गर्ने मात्र नभई मन्त्री बन्ने दावी गरेका हुन् ।

उनले बलदेव केन्द्रिय मन्त्री बन्ने पक्का रहेको बताउँदै आफू पनि प्रदेश मन्त्री हुने दावी गर्दै दुबै मिलेर यस क्षेत्रको बिकासका लागि काम गर्ने बताए । उनले बुद्धरंगशाला, बसपार्क निमार्ण, फराकिला पक्की सडक र युवाका लागि रोजगारी आफू केन्द्रित हुने बताए ।

चुनाव गठबन्धनले जितिससकेको बताउँदै उनले यो माहोललाई कायम राख्न नेता तथा कार्यकर्तामा आग्रह गरेका छन् ।साथै सो अवसरमा प्रतिनिधि सभा सदस्य कपिलवस्तु क्षेत्र नः १ का उम्मेदवार चक्रपाणी खनाल ‘बलदेव’ले बोल्दै कपिलवस्तुको बिकासका लापग अब टुर्के बजेट नहुने भन्दै राष्ट्रिय गौरवका योजना ल्याएर बिकासको गतिलाई तिव्रता दिने बताए ।

बलदेवले अव बिकासको लापग र देशको निकासका लागि सत्ता गठबन्धनको सहकार्य बर्षौसम्म अगाडी जाने बताउदै यही गठबन्धनले कपिलवस्तुको बिकासमा नेतृत्वदायी भूमिका खेल्ने बताए ।

प्रकाशित : २१ कार्तिक २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६