प्रदेश

नेपाललाई गणतन्त्र चाहिएकै होइन्: राणा



कपिलबस्तु, २२ कार्तिक ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष पशुपति शमसेर राणाले नेपाललाई गणतन्त्र आवश्यक नभएको बताउनुभएको छ । गणतन्त्र भित्रिएपछि नेपालको सार्वभौमिकतामा असर परेको भन्दै नेपाललाई गणतान्त्रिक ब्यवस्थाको सट्टा प्रजातान्त्रिक राज्य ब्यवस्था सुहाउँने तर्क समेत गर्नुभएको छ ।

कपिलबस्तुको लबनीमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले देशका ठुलादल काँगे्रस, कम्युनिष्टहरुले नेपाल बिगारेको आरोप समेत लगाउनुभयो । राणाले कपिलबस्तु १ को सवालमा सबै राप्रपाका मतदाताले प्रतिनिधिसभामा हलोमा मतदान गरेर इमान्दारिता देखाउन पनि आग्रह गर्नुभयो ।

उहाले कांग्रेसको कारण देश संकटमा परेको आरोप लगाउँदै देशको निकासका लागि निर्वाचनमा सबै राष्ट्रवादी एक भएर लाग्ने समेत बताउनुभयो । कपिलबस्तुबाट प्रतिनिधी सभा सदस्यमा धु्रव रायमाझीलाई अत्यधिक मत दिएर जिताए जिल्लाको बिकासमा परिवर्तन आउने समेत राणाको भनाइ छ ।

चुनावी कार्यक्रममा माओवादी केन्द्र शुद्धोधन गाउँपालिका वडा नम्बर ५ का वडाकमिटी अध्यक्ष मिथिलेश पाण्डे, जनता समाजवादी पार्टी लगायतका दलका करिब सयजना राप्रपा प्रवेश गरेको राप्रपा लुम्बिनी प्र्रदेश सदस्य तथा प्रचारप्रसार संयोजक प्रदिप श्रीवास्तवले बताउनुभयो ।

कार्यक्रममा राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदय, कपिलबस्तु क्षेत्र नम्बर १ का प्रतिनिधि सभाम सदस्यका उम्मेद्वार धु्रब रायमाझी, १(क)का उम्मेद्वार भोजराज आचार्य, १(ख) का उम्मेद्वार रहिश शाह, शिवराज नगरपालिकाका मेयर अजय थापा लगायतको सहभागिता थियो ।

राप्रपा कपिलबस्तु अध्यक्ष नारायण बहादुर सिंहको अध्यक्षतामा भएको सभाको संचालन अमेरिका चौधरीले गर्नुभएको थियो ।

प्रकाशित : २२ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६