प्रदेश

कपिलवस्तुको रामघाटमा नाहन मेला भर्नेको घुइँचो




कपिलवस्तु, २२ कार्तिक ।
कपिलवस्तु जिल्लाकै ठूलो र ऐतिहासिक रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । कात्तिक शुक्ल पूर्णिमाका दिन कपिलवस्तु नगरपालिकास्थित बाणगंगा नदीको रामघाटमा लाग्ने नाहन मेला भर्न मंगलबार बिहानैदेखि हजारौं भक्तजन आएका थिए । धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले पर–परबाट तिर्थालु आएका थिए ।

मंगलबार लाग्ने मेलाका लागि सोमबार साँझैबाट रामघाटमा श्रद्धालु भक्तजन आउने क्रम सुुरु भएको थियो । राति ३ बजेबाटै रामघाटमा स्नान गरी नजिकैको रामजानकी मन्दिरमा पूजाआजा गर्नेको लाइन थियो ।

मन्दिर वरिपरि र नदी किनारमा रातभर साधुसन्त जाग्राम बसेर ढोल, खैजडी, झाँज र हरमुनियम बजाई भजन, कीर्तन र चुड्का भन्दै बसेका थिए ।

त्रेता युगमा भगवान राम वनवास जाने क्रममा रामघाट आई पुग्दा उनलाई तिर्खा लागेपछि अर्जुनले बाण हानेर पानी निकालेको धार्मिक किम्वदन्ती रहेको अवधि लोककला विशेषज्ञ विक्रमणि त्रिपाठीले बताए । भगवान् रामले पानी पिएको हुँदा यस ठाउँको नाम रामघाट रहन गई धार्मिक तीर्थस्थल भएको बुढापाकाहरु बताउँछन् ।

रामघाटमा स्नान गरी नदी छेउमा गौदान पनि गर्ने गर्दछन् । गौदान गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले धेरै भक्तजन यहाँ गौदान गर्न पनि आउने गरेको पुरेतहरु बताउँछन् । त्यसैगरि जिल्लाकै लक्ष्मणघाट, बर्गदीघाट र सत्यघाटमा मंगलबारै मेला लागेको छ । कान्तिपुर

प्रकाशित : २२ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६