प्रदेश

गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिने ललित गुरुङ कारबाहीमा




बाणगंगा, २२ कार्तिक ।
नेपाली कांग्रेसले कपिलवस्तु जिल्ला कार्य समिति सदस्य ललित गुरुङलाई कारबाही गरेको छ। कपिलवस्तु १ मा प्रतिनिधि सभामा उम्मेदवारी दिएका गुरुङलाई कांग्रेसले कारबाही गरेको हो ।

यहाँ गठबन्धनबाट माओवादी केन्द्रका चक्रपाणी खनाल ‘बलदेव’ साझा उम्मेदवार छन् । कांग्रेसको केन्द्रीय अनुशासन आयोगले गुरुङसहित देशभरका ७४ जनालाई पार्टीबाट निकालेको छ ।

बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई ५ वर्षसम्मका लागि पार्टी सदस्यबाट निष्कासन गरेको कांग्रेस केन्द्रीय अनुशासन समितिले जनाएको छ ।

‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरूद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ’, कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : २२ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६