हरि घिमिरे
कपिलवस्तु, २२ कार्तिक ।आगामी मंसिर ४ गतेको निर्वाचनको लागि कपिलवस्तु क्षेत्र न. १ (क) का प्रदेशसभा सदस्या उम्मेद्वार डोलकराम घिमिरेले आफु आम मतदातलाई पावरमा पुर्याउन आग्रह गरेका छन् । उनले बाणगंगा नगरपालिका वडा न. १ को घरदौलो कार्यक्रम पछिको कोणसभालाई सम्बोधन गर्दै यस्तो भनेका हुन् । घिमिरेले मतदात समक्ष हुन्छ प्रसाद बनेर जनता नझुक्याउने बताए । ,सस्तो लोकप्रियताका लागि अरुले गरेको काम आफुले गरेको भनेर पनि कहिल्यौ प्रचार नगर्ने बताए ।उनले भनेका छन् “विकासको सम्भावनाले भरिएको यस क्षेत्रलाई अब तीब्र गति विकासको बाटोमा अघि बढाउनुपर्ने आवश्यकता छ, यसको लागि पावर र योजना चाहिन्छ । ”
‘त्यो खुबि मैले राखेको छु घिमिरेले भने ।’ उनले धेरै भाषण र गफ हैन, मलाई हुन्छ प्रसाद वन्नु छैन, जनताले काम खोजेका छन् त्यसमा म सक्षम छु । उनले बाम लोकतान्त्रीक गठबन्धनका दुवै उम्मेद्वारले जितेर मन्त्री हुने दावी गर्दै दुबै मिलेर यस क्षेत्रको बिकासका लागि काम गर्ने बताए । उनले बुद्धरंगशाला, बसपार्क निमार्ण, फराकिला पक्की सडक र युवाका लागि रोजगारी आफू केन्द्रित हुने बताए । चुनाव गठबन्धनले जितिससकेको बताउँदै उनले यो माहोललाई कायम राख्न नेता तथा कार्यकर्तामा आग्रह गरेका छन् । देशको विकासका लागि सत्ता गठबन्धनको सहकार्य बर्षौसम्म अगाडी जाने बताउदै यही गठबन्धनले कपिलवस्तुको बिकासमा नेतृत्वदायी भूमिका खेल्ने उनको भनाई छ ।








प्रतिक्रिया