ब्रेकिंग न्युज

अस्पताल भन्छ सिटी स्क्यान र एमआरआई, काँग्रेसको नारा कपिलवस्तु अस्पतालमा आईसियु



२२ कात्तिक, कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा र प्रदेश सभाका नेपाली कांग्रेसका उम्मेदवारले दुई वर्षअघि नै सकिएको काम गर्ने प्रतिबद्धतासहितको घोषणा पत्र ल्याएका छन् ।कपिलवस्तु क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुरेन्द्रराज आचार्य तथा प्रदेश सभा सदस्य उम्मेदवार विक्रम सिंह थापा र सुधाकर पाण्डेले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा कपिलवस्तु अस्पतालमा आईसीयू बेड विस्तार एवं बच्चाहरुको लागि एनआईसीयू कक्ष स्थापनामा सहयोग गर्ने उल्लेख छ ।उनीहरुको ३० बुँदे घोषणापत्रको बुँदा ४ मा लेखिएको छ, ‘कपिलवस्तु अस्पतालमा आईसीयू बेड विस्तार एवं बच्चाहरुको लागि एनआईसीयू कक्ष स्थापनामा सहयोग गर्ने ।’तर उनीहरुले उल्लेख गरेको कपिलवस्तु अस्पतालमा २०७७ साल चैत २४ गतेदेखि आईसीयू र एनआईसीयू सेवा सञ्चालनमा आएको थियो ।अस्पतालमा १० वेडको आईसीयूमध्ये ५ बेडमा भेन्टिलेटर जडान गरिएको छ । ३ बेड एनआईसीयू सञ्चालनमा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बन्जाडेले बताए । उनले अस्पतालमा भएको आईसीयू र एनआईसीयू सेवा अहिलेका लागि पर्याप्त भएकाले एमआरआई, सिटी स्क्यान जस्ता सेवा सञ्चालनमा जोड दिनुपर्ने बताए ।
उम्मेदवारको प्रतिबद्धता पत्र लेखन समितिका संयोजक रवि ठाकुरले अस्पतालमा बेडको संख्या थप गर्नका सहयोग गर्ने भनेर प्रतिबद्धता पत्रमा उल्लेख गरिएको बताए ।

प्रकाशित : २२ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६