कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मंगल प्रसाद गुप्ताले अब जनताले सम्प्रदायिक कुरामा आएर कसैलाई पनि भोट दिने अवस्था नरहेको बताउनुभएको छ । उहाँले अहिले जनताहरु अजाद भइसकेको बताउँदै जनताले भ्रममा नपर्ने बताउनुभयो । जात, धर्मका आधारमा मतदाताले उम्मेदवारलाई भोट दिन नहुने जिकिर गर्दै मतदाताले विकासको आधारमा नेकपा एमालेलेका उम्मेदवारलाई भोट दिने मानसिकता बनाएको उम्मेदवार गुप्ताले बताउनुभयो ।मंगलबार नेपाल मुस्लिम इत्तेहाद संगठन शिवराज नगर कमिटीको बैठकमा उहाँले बताउनुभएको हो ।
उहाँले नागरिक स्वतन्त्र भइसकेकोले कसैको दबाबमा नपरेर देश विकास र समृद्धिका विकासप्रेमी नेतालाई भोट हाल्न आग्रह गर्नुभयो । मुस्लिम समुदायका हकअधिकारका लागि आवाज बुलन्द गर्न नेकपा एमाले प्रतिबद्ध रहेको बताउनुभयो ।यसैगरी प्रतिनिधि सभा समानुपातिक उम्मेदवार सराज अहमद फारुकीले आफ्नो हक अधिकार प्राप्तिका लागि संगठन आवश्यक रहेको बताउनुभयो । उहाँले सामुहिक रुपमा संगठित हुँदा बलियो हुनुको साथै आफ्नो अधिकारका लागि सम्बन्धित निकायलाई घचघच्याउन सहज हुने बताउँदै राजनीतिक दलका हिसाबले नेकपा एमाले सबै दलभन्दा गौरवशाली र शक्तिशाली पार्टीको भएको बताउनुभयो । उहाँले मुस्लिम समुदायको उत्थानका लागि एमाले आवश्यक रहेको र यो निर्वाचनमा सबैले सुर्य चिन्हमा भोट हालेर जिताउनुपर्ने बताउनुभयो ।
यस्तै क्षेत्र नम्बर ३ (क) का उम्मेदवार अर्जुन कुमार केसीले नेकपा एमालेले मुस्लिम समुदायका महिलालाई शिक्षाको मूलधारमा ल्याउनका लागि अहम भूमिका खेलेको बताउनुभयो । उहाँले केपी ओेली नेतृत्वको सरकारले मदरसामा भौतिक पुर्वाधार र शैक्षिक स्तरमा विकासको साथै अनुदान रकमसमेत विनियोजन गरि दिने गरेको बताउनुभयो । मुस्लिम समुदायलाई शिक्षाको मूलधारमा ल्याउन एमालेले नीति, नियममा रहेर अगाडी सार्ने केसीले बताउनुभयो ।
यसैगरी क्षेत्र नम्बर ३ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार रजाउ रहमान खाँले मुस्लिम समुदायलाई अगाडी बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले इत्तेहाद संगठनलाई बलियो बनाउँदै यसै संगठनबाट समुदायको आवाज उठाउनुपर्ने बताउनुभयो । उहाँले देशमै नेकपा एमाले बलियो पार्टीको भएकोले मुस्लिम हक अधिकारका यस निर्वाचनमा सुर्य चिन्हमा एकताबद्ध भएर मतदान गर्न जरुरी रहेकोे बताउँदै एमालेका उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयो ।








प्रतिक्रिया