कृषि

गिद्द संरक्षण गर्न पशु चिकित्सक तथा प्राविधिकलाई तालिम



सुशील गैरे कपिलवस्तु,
जनावरको सिनो खाएर वातावरणलाई सफा राख्न मद्दत गर्ने पंक्षी गिद्दको संरक्षणका लागि कपिलवस्तुमा पशु चिकित्सक तथा प्राविधिकलाई तालिम दिइएको छ।
गिद्द संरक्षणमा पशु चिकित्सक र प्राविधिकको मुख्य भूमिका हुने हुदा मानिस र पशुहरुमा दुखाई कम गर्नमा प्रयोग गरिने ] -Non–steroidal anti–inflammatory drugs -NSAIDs_) मध्यको एक औषधि प्रयोग गरिएको पशु केहि दिन (३–७) दिन भित्र मरी गिद्धको आहार हुन पुग्यो भने त्यसमा रहेको औषधिले Unmetabolized गिद्धहरुमा भिसरल गाउट् (भित्री अंगहरुमा युरिक एसिड्का पत्थर जम्मा हुने) हुन्छ र मृगौलामा असर गरि डाइक्लोफेनेकले ] Reactive oxygen species (ROS) को मात्रा बढाउने हुनाले मृगौलाकोRenal tubular cells को लागि toxic हुन्छ र त्यसलाई नष्ट गरि यसको साथै मृगौलाले युरिक एसिडलाई छानेर पिसाबमा फाल्ने क्षमता कम गराउँछ र मृगौलाले काम गर्न छाड्छ र गिद्धको मृत्यु हुने हुदा त्यस्ता औषधिको प्रयोग नगर्न भेटेरिनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख बिष्णु प्रसाद खनालले आग्रह गरे । साथै कपिलवस्तु जिल्लामा गिद्द संरक्षणका लागि आफु र भेटेरिनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको तर्फबाट आफुले सक्दो सहयोग गर्ने प्रतिबद्दता गरे।
नेपालमा गिद्धको अवस्था, गिद्धको आवश्यकता, गिद्धहरु किन ह्रास हुदै गएका छन र नेपालमा गिद्ध संरक्षणका लागि गरिएका पहलहरुका विषयमा पशु चिकित्सक तथा प्राविधिकलाई कार्यक्रमका प्रशिक्षक भुपाल नेपालिले प्रशिक्षण दिएका थिए।
हप्तौ तथा महिनौ सम्म खुल्ला वातावरणमा सडेर दुर्घन्ध फैलिरहेको कुनै पनि जीवजन्तुको सिनो खाएर वातावरणलाई सफा राख्न गिद्दले मद्दत गर्ने नेपालीले बताए। आफै सिकार नगर्ने तर मरेका, सडेगलेका सिनो मात्र खाने भएकाले बातावरणलाई प्रदुषित र दुर्गन्धित हुनबाट बचाउनुका साथै स्वच्छ सफा राखी विभिन्न महामारी रोगहरु फैलनबाट बचाँउन मद्दत गर्ने नेपालीले बताए । गिद्ध प्रकृतिको अभिन्न अंग भएकाले पर्यावरणीय चक्र (-Ecosystem_ र (Food Chain संतुलित राख्नको लागि यसको उपस्थिति अनिवार्य रहेको उनले बताए ।
जनावरहरु बिरामी भएको अवस्थामा पशु चिकित्सक वा प्राबिधिकहरुले बिरामी जनावरहरुलाई उपचार गर्ने क्रममा दर्द वा दुखाई कम गर्ने डाईक्लोफेनेक नामक औषधीको प्रयोग नै गिद्ध विनाशको प्रमुख कारक तत्व रहेको डा. सन्दिप पौडेलले बताए । यसैगरी बन्यजन्तुहरुबाट किसानले बालिनाली र घरपालुवा जनावर जोगाउन सिनोमा विषादीको गैरकानुनी प्रयोग गरेका कारण पछिल्लो समयमा गिद्धहरुको मृत्यु हुने गरेकाले पनि गिद्धहरुको संख्या दिन प्रतिदिन घट्दै गइरहेको उनले बताए । यस्तै एसिक्लोफेनेक, किटोप्रोफेन, निमुस्लाइड र प्लुनिक्सिन नामक दुखाई कम गर्ने औषधी प्रयोगको कारणले पनि गिद्धको मृुत्यु हुने गरेका कारण प्रकृतिका कुचिकार मानिएको गिद्धहरुको संख्या घट्दै गइराखेको बताउदै त्यस्ता औषधिको प्रयोग नगर्न पशु चिकित्सक तथा प्राविधिकलाई आग्रह गरे। जिल्लाको तौलिहवा भेटेरिनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको सभाहलमा भएको कार्यक्रममा जिल्लाका पशु चिकित्सक, प्राविधिक, सामुदायीक वनकाप्रतिनिधि एवम पत्रकारहरुको उपस्थिति रहेको थियो।

प्रकाशित : २२ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६