कपिलवस्तु, २३ कार्तिक ।
राष्ट्रीय भुमि अधिकार मञ्च कपिलवस्तु राप्रपामा समाहित भएको छ । बर्तमान राननैतिक संकट र अवस्थालाई मध्यनजर गरेर मञ्च कपिलवस्तु राप्रपामा समाहित भएको एक प्रेस विज्ञप्ती मार्फत जनाईएको छ । राप्रपा जिल्ला अध्यक्ष नारायण बहादुर सिंह र राष्ट्रीय भुमि अधिकार मञ्च कपिलवस्तुका अध्यक्ष निरपाले थारुद्धारा हस्ताक्षर गरि संयुक्त जारी गरिएको विज्ञप्तीमा भनिएको छ, विगत १९ बर्ष देखि विभिन्न निकायमा अवगत गराउँदा पनि कपिलवस्तुका ठुला राजनितिक दलले राष्ट्रीय भुमि अधिकार मञ्चकाले राखेका मागको बेवास्ता गरेकाले यिनीहरुबाट समस्या समाधान नहुने भएपछि राप्रपामा समाहित भएको छ । राष्ट्रीय भुमि अधिकार मञ्च कपिलवस्तुको समस्या समाधानको एक मात्र विकल्प र आशाको केन्द्र राप्रपा देखिएकाले समाहित भएका हौं । हामिलाई उचित स्थान राप्रपाले दिने गरि केन्दीय सदस्य एवं प्रतिनिधि सभा सदस्य उम्मेद्वार धुर्व रायमाझिको रोहवरमा सम्झैता गरिएको विज्ञप्तीमा उल्लेख छ ।
२३ कार्तिक २०७९, बुधबार








प्रतिक्रिया