प्रदेश

गुल्मीका सबै पालिकामा नमुना मतदान



गुल्मी २४ कात्तिक । यही मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको पूर्वतयारीसँगै गुल्मीका सबै पालिकामा नमुना मतदान गरिएको छ। दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा निर्वाचनको सरगर्मी पनि बढ्दै गएको छ। कात्तिक ५ देखि १७ गतेसम्म यहाँका सबै ९१२ वटा० पालिकामा नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिनुभयो।
सो मतदानमा ९३० जना मतदाता सहभागी रहे। नमुना मतदानमा देखिएका कमी–कमजोरी सच्याउनुका साथै मतदानको प्रक्रिया, मतपत्रमा स्वस्तिक छाप लगाउने तरिका, मतपत्र पट्याउने तरिका र मतपेटिकामा मतपत्र खसाल्ने तरिकालगायतका विषयमा अभ्यास गराइएको उहाँले बताउनुभयो। निर्वाचन कार्यालयका अनुसार रेसुङ्गा नगरपालिका–१४ को जनविकास माध्यमिक विद्यालय, मुसीकोट नगरपालिकाको रुद्रावती बहुमुखी क्याम्पस, कालीगण्डकी गाउँपालिकाको जीवनोद्धार माध्यमिक विद्यालय, छत्रकोट गाउँपालिका–२ पल्लीकोट, गुल्मीदरबार गाउँपालिकाको गङ्गा आधारभूत विद्यालयमा नमुना मतदान गरिएको थियो।
त्यस्तै रुरुक्षेत्र गाउँपालिकाको चन्द्रकोट क्याम्पस, सत्यवती गाउँ कार्यपालिकाको कार्यालय, इस्मा गाउँपालिकाको इस्मा मैदान, मालिका गाउँपालिकाको भानुपोखरा माध्यमिक विद्यालय, धुर्कोट गाउँपालिकाको न्युनिखर्क माध्यमिक विद्यालय र मदाने गाउँपालिकाको पृथ्वी माध्यमिक विद्यालयमा नमुना मतदान गरिएको थियो।
स्वास्थ्य स्वयंसेविकामार्फत सबै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ। मतदाता शिक्षाका लागि ९८ जना स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ। कात्तिक २६ र २७ गते जिल्लामा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिने भएको छ। निर्वाचन सूचना अधिकारी मेघलाल पाण्डेका अनुसार करिब पाँच सय मतदाता भएको मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, पाँच जना सहायक कर्मचारी र एक जना सहयोगी रहनेछन्। त्यस्तै चार सयभन्दा कम मतदाता भएका मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, चार जना सहायक कर्मचारी र एक जना सहयोगी रहनेछन्। निर्वाचनमा दुई हजार २२७ जना कर्मचारी खटिनेछन्।

प्रकाशित : २४ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६