प्रदेश

बाख्रापालनबाट राम्रो आम्दानी गर्दै दाङका खत्री



घोराही २४ कात्तिक । दाङको बङ्गलाचुली गाउँपालिका–५, मुर्कुटीका दलबहादुर खत्रीले बाख्रापालनबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ ।
दस वर्षअघि दाजुहरू हिमराज खत्री र एनुराज खत्रीसँग मिलेर सुरु गरेको लेकाली बाख्रापालन तथा दाना उद्योगमा अहिले साना, ठूला २१० बाख्रा छन् । दुई वर्षअघिदेखि उहाँ एक्लै यो व्यवसाय चलाउँदै आउनुभएको छ ।
२०६९ सालमा बैङ्कबाट लिएको नौ लाख रुपियाँ ऋणसहित २४ लाख रुपियाँ लगानी गरेर प्युठानको माण्डवी गाउँपालिका–२, तारीवाङमा बाख्रापालन व्यवसाय सुरु गरेको व्यवसायी खत्रीले बताउनुभयो । उहाँको घर दाङ जिल्ला र फार्म प्युठान जिल्लामा पर्छ । यो व्यवसायबाट अहिले वार्षिक दस लाख रुपियाँको खुद आम्दानी भइरहेको उहाँले बताउनुभयो । उहाँको फार्ममा बोयर जातका बाख्रा मात्रै छन् ।
खत्रीले १२० रोपनी जग्गामा घाँसखेती पनि गरिरहनुभएको छ भने बाख्राका लागि दानासमेत उत्पादन गर्दै आउनुभएको छ । पहाडी क्षेत्र भएकाले चरनका लागि समस्या नहुने उहाँले बताउनुभयो ।
गाउँकै विद्यालयमा शिक्षण पेसा गर्ने खत्री दुई पटक रोजगारीका लागि विदेशसमेत जानुभएको थियो तर विदेशमा सोचेजस्तो नभएपछि आफ्नै ठाउँमा केही गरौँ भन्ने उद्देश्यले बाख्रापालन सुरु गरेको उहाँले बताउनुभयो । “एक पटक सिङ्गापुर र अर्को पटक बहराइन गएको थिएँ । तर, दुवै ठाउँमा भनेजस्तो कमाइ हुन सकेन । त्यसैले सिङ्गापुरबाट छ महिना र बहराइनबाट एक महिनामै फर्किएँ,” दलबहादुर भन्नुभयो । खत्रीले एक वर्षमा करिब १८ लाख रुपियाँको बोयरका पाठापाठी र माउ बिक्री गर्ने गरेको बताउनुभयो । यसमा दस लाख रुपियाँसम्म बचत हुने गरेको उहाँले बताउनुभयो ।

प्रकाशित : २४ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६