प्रदेश

हिमाली क्षेत्रमा हिमपातको सम्भावना



काठमाण्डौं २५ कार्तिक । मौसम पूर्वानुमान महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन अपिल गरेको छ । हिमाली क्षेत्रमा हिमपात सुरु हुन थालेपछि महाशाखाले यस्तो अपिल गरेको हो ।
महाशाखाका अनुसार आज हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको पनि प्रक्षेपण गरिएको छ ।
राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षा र मुलुकका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।
महाशाखाका अनुसार शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको एक(दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । मुलुकका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुनसक्ने देखिएको छ ।

प्रकाशित : २५ कार्तिक २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६