प्रदेश

वाणगंगाको मायादेवी रंगशाला अन्तर्राष्ट्रिय स्तरको बनाउँछौँः बलदेव




हरि घिमिरे
कपिलवस्तु, २५ कार्तिक ।
वाम लोकतान्त्रिक गठबन्धनबाट कपिलवस्तुको क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार रहेका चक्रपाणी खनाल बलदेवले अबको ५ बर्षको सरकार गठबन्ध्नको हुने दावी गरेका छन् । चुनाव प्रचारप्रसारको घरदैले अभियानको लागि शुक्रबार वाणगंगा नगरपालिका ८ बालापुरमा भएको सभालाई सम्बोधन गर्ने क्रममा उम्मेदवार बलदेवले अबको सरकार आफूहरुकै बन्ने ठोकुवा गरेका हुन् ।

अहिले मुलकमा २ खालको गठबन्धन रहेको बताउँदै उनले जनताले जिताउने गठबन्धन भनेको अग्रगामी गठबन्धन रहेको बताए । उनले भने ‘त्यो गठबन्धन भनेको काँग्रेस माओवादीसहित ५ दलको गठबन्धन हो । यसले संविधान जोगाउँछ । यसले परिवर्तन संस्थागत गर्छ । विकास गर्छ । जनताहरुले बुझ्नु पर्छ यहाँ अर्को पश्चगामी गठबन्ध्न छ । त्यो भनेको एमालकोे गठबन्धन हो । एमालेले मरेको लास बोकेर हिँडेको छ राजतन्त्र । फेरि पनि उनीहरु सत्तमा गए भने मुलुकमा भ्रष्टाचा र बेथिति बढ्ने, संविधान च्यातिने खतरा छ ।’

गाउँघरका ससाना समस्या पनि एमाले सरकारले समाधान गर्न नसकेको उनले बताए । वाणगंगामा थुप्रै भूमिहिन सुकुम्बासी समस्या रहेको बताउँदै आफूहरुले बनाएको भूमि आयोगले चुनावपछि लालपुर्जा दिने उनको दावी छ । सुकुम्बासी समस्याको समाधान चुनावी मुद्धा मात्र बनाएर नहुने भन्दै उनले गठबन्धनको सरकारले स्थायी समाधान गर्ने बताए । वाणगंगा ८ मा रहको मायादेवी रंगशाला अन्र्तराष्ट्रिय स्तरको बनाइने, कृषि उद्यमको विशेष भूमि, वडा नम्बर ८ लाई बनाइने समेत बलदेवको दावी छ ।

प्रकाशित : २५ कार्तिक २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६