हरि घिमिरे ।
कपिलवस्तु, २५ कार्तिक ।
वाम लोकतान्त्रिक गठबन्धनबाट कपिलवस्तुको क्षेत्र नम्बर १ १ मा प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेका डोलकराम घिमिरेले जनताले ससानो कुरामा राज्यको साथ खोजेको बताएका छन् । चुनावको बेला एमाले लगायतका दलका नेताले ठुला ठुला कुरा गरिरहेको आफूले पाएको भन्दै जनतालाई ती भ्रम र आवश्यकता नभएको बताएका हुन् ।
‘गाउँघरका धुला मैल पाटा बनून्, मालपोतमा घुससुस नहोओस्, कुलो नाली बनोस्, किसानले बिउ, मल पाऊन् । सुकुम्बासीले लालपुर्जा पाऊन्, आवश्यमता अनुसार सिंचाइ पाऊन्, ससानो रोजगारी पाउन्, स्थानीय सुरक्षा अंगबाट न्यायको प्रत्याभूति जनताले गरुन् । अधिकांस नेताकोे भाषण गरेको सुन्दा यी कुरा आउँदैनन् । ठुलाठुलाम कुरा गरेको सुनिन्छ । तर हामी केन्द्रित हुनुपर्ने यहाँनेर हो, तर छैनौँ, उनले भने ।’
उनले आफू चुनावमा होमिँदा जनतामाझ यही कुरा गर्ने वाचा लिएर अघि बढेको बताए । आफू जनताकै घरदैलोमा हुर्केबढेको हुनाले सांसद बनेर पनि आफूले यी कुरा बिर्सेर कहिल्यै सुविधाभोग तर्फ नलाग्ने उनले बताए । यसपटक मुलकको आवश्यकता गठबन्धन रहेकाले गठबन्धनको सरकारलाई भोट दिन उनको आग्रह छ ।








प्रतिक्रिया