जीवनशैली

आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना



काठमाडौं २६ कार्तिक । आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात पनि हुनसक्ने ठानिएको छ ।
महाशाखाका अनुसार राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।आइतबार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

प्रकाशित : २६ कार्तिक २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६