प्रदेश

चिनियाँ उपविदेशमन्त्री ली काठमाण्डौमा



काठमाण्डौ २६ कात्तिक – चिनियाँ उपविदेशमन्त्री ली चुन पाँच दिने नेपाल भ्रमणका लागि काठमाण्डौ आउनुभएको छ । राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासनका निर्देशकसमेत रहेका संस्कृति तथा पर्यटन उपविदेशमन्त्री ली चुन गएराति नेपाल आउनुभएको हो ।
पाँच दिने भ्रमणका क्रममा ली ले २०७२ सालको भूकम्पपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेका सम्पदाको निरीक्षण गर्नुहुनेछ । उहाँको भ्रमणको बारेमा नेपाल सरकारले औपचारिक रुपमा जानकारी गराएको छैन ।
२०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएका वसन्तपुर दरबार क्षेत्रलगायतका सम्पदा चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मुखैमा भएको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । चीनमा सीपीसीको २०औँ महाधिवेशनपछि बेइजिङबाट उच्च स्तरमा पहिलो भ्रमण भएको हो ।

प्रकाशित : २६ कार्तिक २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६