प्रदेश

चप्पल पड्काएर हिँड्नेहरु कसरी गाडी चढ्ने भए ? म त्यो बाटोमा जान्नँ: डोलकराम




कपिलवस्तु, २७ कार्तिक ।
कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ ‘१’ मा वाम लोकतान्त्रिक गठबन्धनबाट प्रदेश सभा सदस्य पदमा उम्मेदवार रहेका डोलकराम घिमिरेले सांसद र मन्त्री भएर जीवनशैली बदल्ने प्रवृत्तिविरुद्ध आक्रोश पोखेका छन् ।

जेसिज कपिलवस्तुले चार नम्बरमा आयोजना गरेको ककस कार्यक्रममा आफ्नो भनाई राख्दै घिमिरेले चुनाव जितेपछि सांसद र मन्त्री बनेका अधिकांसको जीवनशैली फेरिएको भन्दै आफूले त्यसो नगर्ने बताए ।

चुनाव जितेपछि आफ्नो मुल मुद्धा सम्पत्ति शुद्धिकरण हुने बताउँदै भ्रष्टाचार गर्नेमाथि सडक र सदनबाट उत्रने उनको दावी छ ।
एकपटक सांसद बनेकाहरुलाई मंचमा देखाउँदै घिमिरेले प्रश्न गरे ‘२०४६ सालपछि चुनाव जितेका सबै नेता र मन्त्री कसरी धनी भए ? चप्पल पड्काएर हिँड्नेहरु कसरी गाडी चढ्ने भए ? म किसानको छोरो हुँ, ठुला कुरा गर्दिनँ, म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचारीलाई छोड्दिनँ । चुनाव जितेर पनि म यस्तै हुने छु ।’

मंचमा एक पटक सांसद भइसकेका आफ्ना प्रत्यासी विष्णु पन्थी, बलराम अधिकारी र चक्रपाणी खनाल थिए ।

यसअघि चुनाव जित्नेहरुले आफ्नो क्षेत्रको सन्तुलित विकास गर्न नसकेको उनले बताए । हामी चुनाव जितेर उत्तरमा रमाएछौँ, चुनावी प्रचारमा दक्षिणमा जाँदा विजोग रहेछ । एउटा गाउँबाट अर्को गाउँ जाने बाटो रहेनछ । चुनाव जितेकाहरुले के गरेछन् । एउटा सांसद र मन्त्रीको काम आफ्नो क्षेत्रको समानुपातिक विकास गर्नु हो, गफमा विकास देखाउने होइन, उनले भने । चुनाव जितेपछि शिक्षा, स्वास्थ्य र सिँचाई र भौतिक पूर्वधारमा राम्रो काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

प्रकाशित : २७ कार्तिक २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६