प्रदेश

विष्णु पौडेललाई शंकर पोखरेलको जवाफ– ‘प्रदेश राजधानी दाङबाट अन्त सर्दैन’



दाङ, २७ कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेले लुम्बिनी प्रदेशको राजधानी दाङबाट अन्त नसर्ने बताउनुभएको छ । केही दिनअघि एक टेलिभिजन कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रदेशको राजधानी दाङबाट बुटवल नै ल्याउने बताउनुभएको थियो ।

दाङमा आज आइतवार भएको एक कार्यक्रममा पौडेलको जवाफ दिँदै महासचिव पोखरेलले संविधानले राजधानी दुई पटक सार्ने विषय उल्लेख नगरेकाले दाङबाट राजधानी अन्त नसर्ने बताउनुभएको हो । ‘हामी दङ्गालीले दाङमा प्रदेश राजधानी ल्याउन माग गर्‍यौँ, आन्दोलन पनि गर्‍यौँ । कांग्रेस र माओवादीको सरकार भएको बेला उनीहरूले बुटवल तोकेका थिए, म मुख्यमन्त्री भएपछि दाङमा सारेका छौँ । अब कसले के बोल्छ भन्ने चिन्ता नलिनुहोस् । राजधानी दाङमा तोक्ने काम भइसक्यो । कार्यालयहरू सार्ने काममा ढिला भएको हो, अब सार्ने काम पनि चाँडै सकिन्छ’, पोखरेलले भन्नुभयो ।

महासचिव पोखरेलले कहाँ कसले के बोल्छ भन्ने विषयमा सरोकार नराख्न भन्दै दाङमा कायम भएको राजधानीलाई व्यवस्थित सहर बनाउने योजना भएको पार्टीलाई मतदान गरेर विजयी बनाउन आग्रह गर्नुभयो । साभार

प्रकाशित : २७ कार्तिक २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६