प्रदेश

सडक र विद्युत् पुग्यो, चुनावी मुद्दा पनी फेरियो



नेपालगञ्ज, कात्तिक २८ गते । बाँकेको नरैनापुर क्षेत्रमा गत तीन दशकभन्दा बढी समयदेखि हरेकजसो निर्वाचनमा उठाइँदै आएका चुनावी मुद्दाहरू यस पटक भने फेरिएका छन्।
नरैनापुरवासीका घर–घरमा सडक र विद्युत् पु(याउने विषय हरेक निर्वाचनमा सबै राजनीतिक दलको मुख्य मुद्दा बन्ने गरेका थिए तर, पाँच वर्ष अवधिमा नरैनापुरको भारतीय सिमानासम्म नै कालोपत्रे सडक र विद्युत् पुगेपछि यस पटकको निर्वाचनमा उक्त मुद्दा उठाइएको छैन।
सो क्षेत्रका जनताले डुबानमुक्त बनाउनुपर्ने, खाद्यान्नको व्यवस्था गरिनुपर्ने र गाउँगाउँमा भौतिक विकास पु(याउनुपर्नेलगायतका मागलाई मुख्य मुद्दा बनाएका छन्। बाँके जिल्लाकै अति विकट मानिने नरैनापुरमा स्थानीयको सक्रियताले घरआँगनमा कालोपत्रे सडक र विद्युत् पुग्दा चुनावी मुद्दासमेत फेरिएको युवा तथा खेलकुदमन्त्री एवं बाँके क्षेत्र नम्बर १ का उम्मेदवार महेश्वरजङ्ग गहतराज बताउनुहन्छ। गत निर्वाचनमा आफूले पनि सोही मुद्दामा चुनाव लडेको जनाउँदै उहाँले जनताको माग पूरा गर्न सकिएकाले अहिले मुद्दा फेरिएको दाबी गर्नुभयो। अब बाँकी रहेका विकाससँगै रोजगारी र शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा काम गरिने उहाँको भनाइ छ।
आफूहरूले गरेको कामकै कारण विगतमा हरेकजसो निर्वाचनमा मुद्दा बन्दै आएको सडक र विद्युत् यस पटक मुद्दा बनाउनु नपरेको भनाइ बाँके क्षेत्र नम्बर १ को प्रदेश सभा ९ख०का उम्मेदवार कृष्णा केसीको छ। उहाँले तीस वर्षदेखि बन्दै आएको मुद्दालाई विस्थापित गरिदिएकाले आगामी दिनमा पनि यस क्षेत्रका लागि राम्रो गर्ने प्रतिबद्धता जनाउनुभयो। नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह पनि पाँच वर्ष पहिले पालिका अध्यक्षको उम्मेदवार हुँदा आफूलेसमेत सडक र विद्युत्कै मुद्दामा चुनाव लडेको बताउनुहुन्छ।
जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न सफल भएकै कारण फेरि यस पटकको स्थानीय निर्वाचनमा एक पटक आफूलाई सेवा गर्ने अवसर मिलेको अध्यक्ष शाहको भनाइ छ। अब डुबान, सुक्खा, रोजगारी, शिक्षा र स्वास्थ्यमा ध्यान दिनुपर्ने बेला भएको उहाँले बताउनुभयो।

प्रकाशित : २८ कार्तिक २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६