चेतन बिष्ट, कपिलवस्तु ।
अनेरास्ववियु सिद्धार्थ क्याम्पसले एमाले कपिलस्तु क्षेत्र नम्ब्र १ का उम्मेद्वारहरु सङ्ग सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटिका अध्यक्ष पशुपति गिरीको अध्यक्षता, एमालेका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेद्वार गिरधारिलाल न्यौपानेको प्रमुख आतिथ्यता, निवर्तमान प्रदेश सांसद तथा प्रदेशसभा १ क का उम्मेद्वार विष्णु पन्थिको विशष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले अहिलेको निर्वाचनमा एमालेका उम्मेद्वारलाई जिताउन कमिटि लागिपरेको भन्दै जितिसके पछि शिक्षाको क्षेत्रलाई विशेष प्राथमिकता दिनेमा आफु विश्वस्त रहेको बताउनु भएको थियो । विद्यार्थीले समाज परिवर्तमा विशेष भुमिका खेल्ने भएकाले सहि उम्मेद्वार चुन्नको लगि यस कर्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।त्यस्तै कार्यक्रममा बोल्दै एमाले केन्द्रिय सदस्य तथा कपिलवस्तु समानुपातिक उम्मेद्वार गिरधारिलाल न्यौपानेले आफ्नो पार्टिले जितेपछि शिक्षा, स्वास्थ, रोजगारलाइ बिशेष प्राथमिकता दिने बताउनु भएको थियो । विगतका दिनमा यस क्षेत्रमा मात्र नभएर देशभर एमालेका नेताले जनताको आवश्यक्ता बमोजिम कर्य गरिसकेकोले ढुक्क भएरु एमालेका उम्मेद्वारहरुलई जिताउन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेस सभाका उम्मेद्वार बिष्णु पन्थीले अब राजनैतिक परिवर्तनले मात्र जनतामा समृद्धि नआउने भएकोले आर्थिक क्रान्ति गर्नु पर्ने बताउनु भएको छ । विद्यार्थी समाज निर्माण र सुधारका महत्त्वपूर्ण पक्ष भएकोले निर्वाचनमा अति संबेदनसिल भएर भोट हाल्नु पर्ने बताउनु भएको थियो । गठबन्धनले शिक्षामा सुधार गर्न, आर्थिक क्रान्ति गर्न, रास्ट्र र जनता लाई बिकास दिन नसक्ने भएकोले एमालेका उम्मेदवारलाई भोट हाल्न आग्रह गर्नुभएको छ । कयौं ब्याक्ती डिग्री गरेर बेरोजगार भएर बस्नु पर्ने स्थिति भएकोले त्यसलाई हटाउन एमालेले मात्र सक्ने उहाँले दाबी गर्नुभएको थियो ।एमालेका नेता बाबुराम आचार्य, स्ववियु सभापति शुसिल खत्री, लोकदोहोरी गायक पुर्ण चन्द्र परियार लगायतको आतिथ्यता रहेको कार्यक्रमको संचालन भने कोपिला गिरी र अर्चना आचार्यले गर्नुभएको थियो ।








प्रतिक्रिया