ब्रेकिंग न्युज

स्वतन्त्र उम्मेदवार अर्याल द्धारा एमालेका उम्मेदवारलाई समर्थन



कपिलवस्तु
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ (१) प्रदेश सभा सदस्य पदका उम्मेदवार देविराम अर्यालले उम्मेदवारी निस्कृय गराउँदै एमालेका उम्मेदवारलाई समर्थन गरेका छन् । अर्यालले बिज्ञप्ती जारी गर्दै नेकपा एमालेका प्रदेश सभा सदस्य पदका उम्मेदवार नवराज लामिछाने भुपाललाई समर्थन भएको घोषणा गरेका छन् ।
उनले एमालेका उम्मेदवार लामिछानेको स्वच्छ छवी भएको र सामाजिक सेवामा निरन्तर खटिएकोले आफ्नो क्षेत्रको विकास गर्न सक्षम युवा देखेर समर्थन गरेको बताए । अर्यालले नेपाली काँग्रेसका उम्मेदवार बिक्रम सिंह थापा प्रति इंगित गर्दै गुल्मी टुरीष्टले भन्दा स्थानीय उम्मेदवारले आफ्नो क्षेत्रका मर्का बुझ्ने दाबी गरे । अर्यालले आफ्ना समर्थकलाई एमालेको प्रचार गर्न र संघमा इन्जीनियर बृजेश कुमार गुप्तालाई र प्रदेशमा लामिछानेलाई सूर्य चिन्हमा मतदान गर्न समेत आग्रह गरेका छन् ।
अर्यालको समर्थनले एमाले थप बलियो भएको एमाले कपिलवस्तु जिल्ला सहसचिव शुशिला दर्लामीले बताइन । बृजेश कुमार गुप्ताले मुख्य सडक कालोपत्रे, पुल निर्माण, विद्यालयमा आइटि ल्याव जडान जस्ता काम गरेको हुँदा जन लहर बढ्दै गएको दर्लामीले बताईन ।

प्रकाशित : २८ कार्तिक २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६