प्रदेश

भन्सारको सर्भर डाउन व्यवसायी मारमा



नेपालगञ्ज २९ कात्तिक । नेपालगञ्ज भन्सार कार्यालयमा दुई दिनदेखि भन्सारको काम हुन नसक्दा भारतबाट आएका सयौं मालबाहक गाडी भन्सार कार्यालय यार्डमा थन्किएका छन् ।
आइतबारदेखि भन्सार कार्यालयको सर्भर डाउन रहेको भन्दै भन्सार कार्यालयले भन्सारको काम गर्न नसक्दा समस्या भएको व्यवसायीको गुनासो छ । सर्भर डाउन भएको जनाएर राजस्व सङ्कलन गर्ने काममा अवरोध भएपछि आइतवार बेलुका एक घण्टा मात्र राजस्व सङ्कलनको काम गरिएको तथा सोमवार बिहानबाट भन्सार नगरिएको व्यवसायीको गुनासो छ ।
भन्सार कार्यालयमा राजस्व सङ्कलन नियमित हुन नसक्दा भन्सार कार्यालयमा पुगेका गाडीको अतिरिक्त भाडा तिर्नुपरेको उद्योगी व्यवसायीको गुनासो छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अनुसार सर्भर समस्या समाधान नहुँदा व्यवसायीले अतिरिक्त शुल्क तिर्नुपरेको छ ।
सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सर्भर डाउन भएको र सुचारु गर्न नसकिएकाले उद्योगी व्यवसायीलाई नोक्सानी भएको बताउनुभयो । छिटोभन्दा छिटो सर्भरठीक पार्न उहाँले आग्रह गर्नुभयो ।
उद्योगी व्यावसायीको भन्सार गराउने काम गर्दै आउनुभएका मुख्तार राइले दुई दिनदेखि सर्भरमा समस्या आएपछि मालसामान मगाएका व्यवसायीले आफ्नो सामान गन्तव्यमा नपुगेको भन्दै फोन गरेर हैरान पारेको उहाँले बताउनुभयो ।
सो बारेमा नेपालगञ्ज भन्सार कार्यालयमा जानकारी माग्दा नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी नाथ सापकोटाले भन्सार विभागको सर्भरमा समस्या आएपछि सोमबारदेखि अवरोध भएको बताउनुभयो । यो समस्या यहाँ मात्र नभइ देशभरी भएको उहाँको भनाइ छ । समस्या समाधानको प्रयास भइरहेको उहाँले बताउनुभयो ।

प्रकाशित : २९ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६